प्रियशीलाई पत्र....(गजल)

 प्रियशीलाई पत्र....

मुटुभरिका ति भावनाहरुलाई सङ्गालदै एउटा गीत बुन्दैँछु

मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु,

दिलभित्र लुकेका ती मायाका शव्दहरुले गीतलाई सजाउदैँछु,

मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥


थाहा छैन कहाँबाट खोजी ल्याउ ती शव्दहरु 

जसले तिम्रा सुन्दरताको वयान गर्न सकून,

जसले तिम्रा ती कोमल मनमा मायाका वहार ल्याउन सकून ।

मायाका ति शव्दकोशहरुमा तिनै शव्दहरु खोज्दैँछु,

भेटिएका तिनै शव्दहरुलाई मायाको धागोले उन्दैँछु,

मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु,


सपनिमा तिमिलाई नै देख्छु, हरेक पल तिमीलाई नै सम्झन्छु

मायाको यो सागर कति ठुलो, अब त यसैमा डुब्न चाहान्छु,

कस्तो मिठो आभास हो यो, अब यसैमा हराउन चाहान्छु,

मेरो जीवनको पानाहरुमा पनि तिम्रै नाम लेख्दैँछु

मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥


तिमीसँग विताएका पलहरु ,आहा कति प्रिय, अनि कति मिठा

तीनै पलहरुलाई अङगालदै आज यो प्रित उन्दैँछु

मेरा यिनै शव्दहरुले तिम्रो दिलमा बसाई सर्न खोज्दैँछु

मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु


मुटुभरिका ती भावनाहरुलाई सङ्गालदै एउटा गित बुन्दैँछु

मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥

Sunil Mahato




     लेखक : सुनिल महतो

Comments

Post a Comment

Any queries ??

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता