Posts

Showing posts with the label Sayari

म त पराई भए.....। : Sad Nepali Gajal

Image
म त पराई भए   ...........। त्यो कालो औँसीको रातमा म त केवल छाया भएँ सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ ।।   सधैँ चम्किने त्यो जूनले पनि आज किन मुख छोपि दिए हिजो मात्र बोलेको थिए , आज छिनमै पराई भएँ ।।   देखावटी रैछ तिम्रो माया सपनाबाट बल्ल बिउँझेँ तिमी मै संसार देख्छु भन्थी , म त आज पराई भएँ   सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ म त पराई नै भएँ ।।                                                                        -  सुनिल महतो

सपना ( सायरी ) - ममता राई

Image
 सपना मनभरी रहरहरूले , भरिएको हुन्छ सपना ताराहरुको संसार झैं, छरिएको हुन्छ सपना ॥ सबै कुरो आफ्नै निम्ति हासिल हुनुपर्छ भन्ने, संसार जित्ने तृष्णाले, खरिएको हुन्छ सपना ॥ चरी झैं उड्न पाए, जून तारालाई छुन पाए, यस्तै यस्तै चाहानामा, दरिएको हुन्छ सपना ॥ कहिले टुटेर गइदिन्छ , कहिले फुटेर गइदिन्छ,  पानीको फोका जस्तै तरिएको हुन्छ सपना ॥ - ममता राई

प्रियशीलाई पत्र....(गजल)

Image
  प्रियशीलाई पत्र.... मुटुभरिका ति भावनाहरुलाई सङ्गालदै एउटा गीत बुन्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु, दिलभित्र लुकेका ती मायाका शव्दहरुले गीतलाई सजाउदैँछु, मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥ थाहा छैन कहाँबाट खोजी ल्याउ ती शव्दहरु  जसले तिम्रा सुन्दरताको वयान गर्न सकून, जसले तिम्रा ती कोमल मनमा मायाका वहार ल्याउन सकून । मायाका ति शव्दकोशहरुमा तिनै शव्दहरु खोज्दैँछु, भेटिएका तिनै शव्दहरुलाई मायाको धागोले उन्दैँछु, मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु, सपनिमा तिमिलाई नै देख्छु, हरेक पल तिमीलाई नै सम्झन्छु मायाको यो सागर कति ठुलो, अब त यसैमा डुब्न चाहान्छु, कस्तो मिठो आभास हो यो, अब यसैमा हराउन चाहान्छु, मेरो जीवनको पानाहरुमा पनि तिम्रै नाम लेख्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥ तिमीसँग विताएका पलहरु ,आहा कति प्रिय, अनि कति मिठा तीनै पलहरुलाई अङगालदै आज यो प्रित उन्दैँछु मेरा यिनै शव्दहरुले तिम्रो दिलमा बसाई सर्न खोज्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु मुटुभरिका ती ...

कहि हराएका कहानीहरु..... (भाग : २)

कहि हराएका कहानीहरु..... (भाग : २)  जहिले मुस्कान मात्र रही रहने तेरो मुहार कहिले देखाईनस् त्यो पछाडि लुकेको बेथा हर समय ठट्टा गर्ने त कहिले भन्न चाहिनस् तैंले जैले भोगिरहेको दुःखको कथा  मेरो सबै प्रश्नको उत्तर हुन्थे तँ सँग तर तैंले आफ्नै जीवनको उत्तर भेट्न सकिनस् म उदास हुँदा हँसाउन खोजिरहने तँ कैले आफ्नै मनको उदासीता मेट्न सकिनस्स सबैलाई माफ गर्न सिकाउने तैँले कहिले आफैलाई बिना गल्तीको पनि माफ गर्न सकिनस् मेरो मुस्किल समयमा भर दिने त आफ्नो कठिन परिस्थितिमा पनि कैले मेरो भर परिनस् मलाई कुलतमा नलाग भन्ने तँ आज मलाई थाहा छैन तर कुनै गल्लीको कुनामा लागूपदार्थ सेवन गर्दै छस् आज तेरो बाहिरी इन्द्रिय र अंग त जिउँदो होलान् तर भित्र भित्र त मर्दै छस् मलाई ज्ञात छैन न त तैँले भनिस तँ बद्लिन् के कुरा को जोड थियो पारिवारिक समस्या थियो या तेरो प्रेमको वियोगको तोड थियो तर जे थियो त्यो कुराले हाम्रो मित्रतालाई कहिले नसोचेको मोड दियो मेरा त यो काल्पनिक कथा होला तर यसै गरी एउटा सानो घटनाले उमंगले भरिपुर्ण जीवन बनाइदिन्छ रित्तो सुमधुर सम्बन्ध कसैको पीडा नबुझिदिदा भै दिने गर्छ तीतो त्यसैले सु...

सायरी सङ्ग्रह

 सायरी सङ्ग्रह सायरी १  : दृष्टिकोण आँखामा फूल राखेर हेर संसारलाई  सुन्दर स्वर्ग देख्नेछौ ! आँखामा काँडा राखेर हेर संसारलाई कुरुप नर्क देख्नेछौ ! कति काँडाले मात्र हेरेर आफ्नै आँखा बिझाउँछौ ? एक चोटी फूलले हेरन, सारा सजीव तिमीतिरै मुस्कुराइरहेको देख्नेछौ । किनकि,   संसार आफू अन्सार ॥ लेखक : प्रजिता खनाल सायरी २ : मनको चाहा विहानिको निद्रा खुलोस सिर्फ तिम्रो सासले, " सानु उठ न ढिलो भयो " भन्ने बोलीको मिठासले ! " ह्या, नकराउ " भन्दै रिसाएर कोल्टे म फेर्दा, मेरो रिस शान्त पार्न तिमीले मलाई अङ्गालोमा बेर्दा,  कस्तो होला त्यो पल हाम्रो सम्झदा नै प्यारो । " उठेपछि एक छिन सुत न " भनेर नाडी तान्दै मेरो।।। लेखक : प्रजिता खनाल री सायरी ३ : सपना मेराे सपना सायद यो बादल जस्तै  आज बिलाएर जान्छ त भोली  फेरी फर्केर नयाँ बनी आउँछ मेराे भाग्य सायद यो हावा जस्तै  कहिले सितल बतास त कहिले यसले आधिहुरि ल्याउँछ अनि सायद मेराे जीवन यो निलो आकाश जस्तै  कहिले यसमा सेता सुन्दर बादल  त कहिले कालो गज्रिने बादल छाउँछ ॥ लेखक: आशेस भट्टराई

कहि हराएका कहानीहरु.....- कविता(भाग : १)

कहि हराएका कहानीहरु..... भाग :१ ओइ सुन त  किन त आफ्नो संसार ठानी आर्काको सपनाको संसारमा रमाउँदै छस् किन तैंले प्राप्त नगरेको चीज गुमाउनु पर्छ भनी डराउँदै छस् के तेरा ती सपना अनि रहर त्यति सस्तो छ र संघर्ष गर्न छाड्छस् रे! के जिन्दगी तैंले सोचे जस्तो छ र? संसार जित्ने सोच राख्ने कलिला दिमाग तेरा सिर्फ एक पाना नपल्टिदैमा फाल्छस् रे पूरा जिन्दगीको किताब खेरा मैले त सोचेको थे पंखा नपलाएका कलिला सपना पूरा गर्न तँ लड्छस् होला बाधा अर्चनालाई बाटो लगाई अघि बढ्छस् होला तर तेरो सपनाको महल पनि पिधमा घाउ लागेको काच् को गिलास सरी रहेछ तैंले खनाएका रहरका तरल सबै बेर्थ बगी गएछ  मौन छस् अब बोल्दैनस् आफ्नो मार्ग भेटी सकिस् रे शान्तिको पथ रोजिस् अनि रहरका घाँटी रेटी सकीस् रे तेरा मासुम रहर तेरा चिता सँगै जली गयो होला तेरा सपना अब आधा बाटो मै स्तब्ध भयो होला अब तेरा याद पनि तेरा आस्थि झै सेलाउदै जान्छ मित्र तेरो तस्बिर अब केवल भित्तामा टागिने छ  अनि यही कुरा को भय ले खाँदै छ मुटु भित्र भित्र  ॥ लेखक : आशेस भट्टराई

तिर्खा- सायरी (प्रजिता खनाल)

  तिर्खा कहिले प्रेमको गर्मियाममा वाफिनुपर्ने रहेछ कहिले प्रेमको चिसो ठण्डिमा कक्रिनुपर्ने रहेछ भारी मनमा कैंयौं इच्छा लुकाइ हाँस्नुपर्ने रहेछ झनक्क उठेको रिसलाई प्रेममा बदल्नुपर्ने रहेछ कोही अन्जान व्यक्तिको खुशीमा.. कोही अन्जान व्यक्तिको खुशीमा आफ्नो खुशी खोज्नुपर्ने रहेछ सम्पन्न त के पो छ र हजुर, जे छ त्यसमा रमाउनुपर्ने रहेछ नचाहदा नचाहादै पनि विछोडको यो महामारी भोग्नुपर्ने रहेछ त्यसैले त महोदय, सधैं बर्खाको मात्र होइन कहिले काँही तिर्खाको माया पनि मिठो हुने रहेछ कहिले काँही तिर्खाको माया पनि मिठो हुने रहेछ ॥ लेखक : प्रजिता खनाल भीमढुङ्गा, काठमाडौं

जिन्दगि ज्युँदै छु....(कविता)

  जिन्दगि ज्युँदै छु.....। समयको वेग सङ्गै बग्दै छु आज समयले जता दोह्रोयाउछ  त्यतै लाग्दैछु आज  थाहा छैन कुन ठाँउमा पुगेर रोकिन्छ जिन्दगानी रोदन बिच छिनभरको हासोँको लागि ज्युँदै छु आज ॥ सङघर्ष विना जीवन चल्दो रहेनछ साथी यो त जीवनको नियम नै हो मानो भर खुसीको पाउन यहाँ एक पाथी आँशु बगाउनु त सामान्य जस्तै हाे त्यसैले त साथी मानाे भर खुसी काे लागि ज्युँदै छु म आज ॥ सुख र दुःख को भुमरिमा अल्झेको जिन्दगि मेरो थाहा छैन कहिले निस्किन्छु दुखै गरेर भएता पनि  सफलताको ताज एक दिन अवश्य लगाउनेछु त्यसैले त साथी छिनभरको हासोँको लागि मरेर भएनि ज्यूँदै छु ॥ लेखक : सुनिल महतो

सपना (गजल)

Image
 बिहान अनि रातमा पनि तिम्रै सपना हरपल यादमा आउने तिम्रो सपना गहभरि आशु हुनु हो सपना निदरिमा पनि आँखामा आउने हो सपना। रुवाऊनु र हसाउनु हो सपना दिनभरी रोइ हत्केलाले आशु पुछ्नु हो सपना पाउनु र गुमाउनु हो सपना रातभर उसकै यादले सताउनु हो सपना मायामा आशा हो सपना पिडामा शान्ति हो सपना तिमीलाई पाउनु खोज्नु हो सपना यादमा पागल बनाउनु हो सपना ॥                                         लेखक : केशव घिमिरे

स्वार्थी दुनिया (कविता : सुनिल महत्तो )

 स्वार्थी दुनिया मानव आज किन छन है स्वार्थी सुन्नदैनन् कसैको उपदेश र अर्ति सबै जना आफ्नो भलो मात्र चाहान्छन सबैलाई टेकी ऊ अघि बढि रहन्छ। आजका मानिस किन छन है यस्ता आफु आफुमा पारिरहेछन अनेकता मनमा उब्जिरहेछ मेरो प्रश्न एउटा किन भयो होला मानिसको जन्म यो भूमिमा? गुणको पनि अवगुण हुदो रहेछ आज बाँच्नै ग्राह्रो हुदो रहेछ असल भइ मानिस माझ अरूको भलाई सोच्नेहरू रहेछ कम मात्र आफ्नै आफन्तले पनि घोप्दो रहेछ छुरा पेट भित्र।। समाजको यस्तो विकृतीको गर्नुपर्छ अन्तय अब भइ सधै नि:स्वार्थी बनौँ सभ्य मानव भइ सधै नि:स्वार्थी बनौँ सभ्य मानव।।। लेखक : सुनिल महत्तो         

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)