तिर्खा- सायरी (प्रजिता खनाल)
तिर्खा
कहिले प्रेमको गर्मियाममा वाफिनुपर्ने रहेछ
कहिले प्रेमको चिसो ठण्डिमा कक्रिनुपर्ने रहेछ
भारी मनमा कैंयौं इच्छा लुकाइ हाँस्नुपर्ने रहेछ
झनक्क उठेको रिसलाई प्रेममा बदल्नुपर्ने रहेछ
कोही अन्जान व्यक्तिको खुशीमा..
कोही अन्जान व्यक्तिको खुशीमा आफ्नो खुशी खोज्नुपर्ने रहेछ
सम्पन्न त के पो छ र हजुर, जे छ त्यसमा रमाउनुपर्ने रहेछ
नचाहदा नचाहादै पनि विछोडको यो महामारी भोग्नुपर्ने रहेछ
त्यसैले त महोदय,
सधैं बर्खाको मात्र होइन
कहिले काँही तिर्खाको माया पनि मिठो हुने रहेछ
कहिले काँही तिर्खाको माया पनि मिठो हुने रहेछ ॥
लेखक : प्रजिता खनाल
भीमढुङ्गा, काठमाडौं
Comments
Post a Comment
Any queries ??