Posts

Showing posts with the label Love Sayari

काल्पनिक माया - An Illusion of Love

Image
कुनै समय उसका ती तस्बीरले भरिने मेरो त्यो एलबम आज उनको एक तस्बीरको लागि तड्पि रहेछ कुनै समय नजिक आउँदा अतासिदै ढुकढुकाउने यो मुटु आज उस्कै याद मेटाउन खोजिरहेछ  दुरी यति बढाएछौ कि तिमीले तिम्रो नाम लेख्दा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछ ।।   समय त्यो पनि थियो  जब उस्को घरको बाटो हिड्दा मुटुको ढड्कन एकास्सी बढ्थ्यो यि नयनले हरपल उसैलाई नै खोज्थ्यो तर समयले यसरी कोल्टे फेरीदियो हामी दुईको बाटो गन्तव्य नपुग्दै सकियो   दोष सायद मेरो पनि थियो होला तिम्रो एक मुस्कानलाई माया सम्झी आफ्नै दिललाई लिलाम गर्न पुगेछु तिमीलाई त बस पलभरको साथ चाहिएको रहेछ मैले त हामी दुइको सुन्दर संसार नै बुन्न थालेछु तिमीले त मलाई यति भ्रम मा उल्झ्याएछौ तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।। तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।।                                                ...

Parkhai (पर्खाइ) : Nepali Sad Love Poem

Image
पर्खाइ उठलानकी तिम्रा ती पाइला भनी क्षितिज पारी कुरिरहेछु विडम्बना! बाटो तिम्रो मोडिसकेछ पागल म! तिमीलाई नै पर्खी रहेछु ॥ तिमी आउछौ भन्ने झुठो आशमा कतिन्जेल मनलाई सम्हाल्न सक्छु र म ? एक झलक तिम्रो, हेर्न पाउँ भनी यी नयनले अझै पनि तिमीलाई नै पर्खी रहेछु म ॥ समयले तिमीलाई कहाँ, मलाई कहाँ पुरायो नङ्ग र मासु जस्ता हामी, एकै छिनमा पराइ बनायो भन्छन् बगेको खोला पनि फर्किन्छन् रे एकदिन फेर्लाकी कोल्टे समयले भनि, पर्खिरहेछु त्यो दिन ॥ क्षितिज पारी त्यो पिपलुको रुख मुनि आइदिनु प्रिय सम्झिएर तिमी पर्खिरहेछु म आज, पर्खिरहनेछु जुनि जुनि पर्खिरहेछु म आज, पर्खिरहनेछु जुनि जुनि ॥ - सुनिल महतो अन्य मार्मिक कविताहरू : प्रियसिलाई पत्र आकाश रोइहेछ माया लाउन छोडिसके

प्रियशीलाई पत्र....(गजल)

Image
  प्रियशीलाई पत्र.... मुटुभरिका ति भावनाहरुलाई सङ्गालदै एउटा गीत बुन्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु, दिलभित्र लुकेका ती मायाका शव्दहरुले गीतलाई सजाउदैँछु, मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥ थाहा छैन कहाँबाट खोजी ल्याउ ती शव्दहरु  जसले तिम्रा सुन्दरताको वयान गर्न सकून, जसले तिम्रा ती कोमल मनमा मायाका वहार ल्याउन सकून । मायाका ति शव्दकोशहरुमा तिनै शव्दहरु खोज्दैँछु, भेटिएका तिनै शव्दहरुलाई मायाको धागोले उन्दैँछु, मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु, सपनिमा तिमिलाई नै देख्छु, हरेक पल तिमीलाई नै सम्झन्छु मायाको यो सागर कति ठुलो, अब त यसैमा डुब्न चाहान्छु, कस्तो मिठो आभास हो यो, अब यसैमा हराउन चाहान्छु, मेरो जीवनको पानाहरुमा पनि तिम्रै नाम लेख्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥ तिमीसँग विताएका पलहरु ,आहा कति प्रिय, अनि कति मिठा तीनै पलहरुलाई अङगालदै आज यो प्रित उन्दैँछु मेरा यिनै शव्दहरुले तिम्रो दिलमा बसाई सर्न खोज्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु मुटुभरिका ती ...

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)