Posts

Showing posts with the label निबन्ध

नेपाली साहित्य : निबन्ध

नेपाली साहित्य  नेपाली समाज विभिन्न रीतिरिवाज, सस्कृति, भाषा, साहित्य, परम्पराले आदि विभिन्न कुराले सम्बृद्ध छ। नेपाली साहित्य र नेपाली समाजका विविध कुराहरु परस्परमा सम्बन्धित छन्। नेपाली साहित्यले समाजको विभिन्न प्रकारका सकारात्मक तथा नकारात्मक दुवै पाटाहरूलार्इ केलाउन काेशिस गरेकाे छ। साहित्यमा दत्तचित्त भएर लागेका विभिन्न अग्रज सष्टाहरुले यस क्षेत्रलाई माथि उकास्नकाे लागि विभिन्न काम गर्नुभएको छ। सिद्धिचरण श्रेष्ठ, ह्रदयचन्द्र सिंह प्रधान, लक्ष्मी प्रसाद देवकोटा, भैरव अर्याल, आदि यसका ज्वलन्त उदाहरण हुन्। नेपाली साहित्यमा विभिन्न प्रकारका विधाहरू छन्। कथा, कविता, गजल, उपन्यास, निबन्ध, गीत, नाटक, एकाङ्की आदि साहित्यका विभिन्न विधाहरु हुन्। विभिन्न व्यक्तित्वहरुले यस्ता क्षेत्रमा कलम चलाएर नेपाली साहित्यमा ठूलो योगदान दिएका छन्। लेखकहरुका राेचक एवं प्रेरणादायी रचनाका कारण धेरै मानिसहरुले यसप्रति चासो देखाएका छन्।  कुनैपनि सिर्जना त्यतिबेला सार्थक हुन्छ जब त्यो सिर्जनाले समाजको वास्तविक कुरालाई विषयवस्तु बनाएर समाजका मान्छेहरुलार्इ सचेत बनाउछ र दीर्घकालीन विकासकाे लागि सहयोग ग...

सरस्वती पूजा (वसन्त पन्चमी)

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् । सरस्वती पूजाको दिन विद्याकी देवी सरस्वतीको पूजाँ तथा आरधाना गरिन्छ। यस दिनमा विद्यार्थी, भक्तजन, गुरु, सङ्‌गित साधना गर्ने व्यक्तिहरुले तथा अन्य व्यक्तिहरुले माता सरस्वतीकाे अारधना गर्ने गर्छन्।  विद्यार्थीहरुले आफ्नाे जीवनमा सरस्वती माताकाे कामना रहिरहाेस र अाफूसँग भएकाे अल्छिपना, लापरवाही र ईष्या र घमण्डकाे हरण गरियोस भनि पूजा तथा आरधाना गर्ने गर्छन।  देवी सरस्वतीलाई हिन्दुहरूले ज्ञान र वाणीको अभिप्रायको रूपमा पूजा गर्छन्। उनी कला, सङगीत, दर्शन, रचनात्मकता, बुद्धि र शिक्षाको संरक्षक हुन्। देवी सरस्वतीले ब्रह्माको पत्नी, सरस्वती, लक्ष्मी र पारवतिको पवित्र त्रिदेव देवी रूप धारण गरेकिछिन। प्रत्येक वर्षको माघकाे 'शुक्ल पक्ष' वा पूर्णि...

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)