सरस्वती पूजा (वसन्त पन्चमी)
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सरस्वती पूजाको दिन विद्याकी देवी सरस्वतीको पूजाँ तथा आरधाना गरिन्छ। यस दिनमा विद्यार्थी, भक्तजन, गुरु, सङ्गित साधना गर्ने व्यक्तिहरुले तथा अन्य व्यक्तिहरुले माता सरस्वतीकाे अारधना गर्ने गर्छन्। विद्यार्थीहरुले आफ्नाे जीवनमा सरस्वती माताकाे कामना रहिरहाेस र अाफूसँग भएकाे अल्छिपना, लापरवाही र ईष्या र घमण्डकाे हरण गरियोस भनि पूजा तथा आरधाना गर्ने गर्छन।
देवी सरस्वतीलाई हिन्दुहरूले ज्ञान र वाणीको अभिप्रायको रूपमा पूजा गर्छन्। उनी कला, सङगीत, दर्शन, रचनात्मकता, बुद्धि र शिक्षाको संरक्षक हुन्। देवी सरस्वतीले ब्रह्माको पत्नी, सरस्वती, लक्ष्मी र पारवतिको पवित्र त्रिदेव देवी रूप धारण गरेकिछिन। प्रत्येक वर्षको माघकाे 'शुक्ल पक्ष' वा पूर्णिमाकाे पन्ध्र पख्रौंमा वसन्त पन्चमी अर्थात् सरस्वती पूजा मनाईन्छ। यस दिनलाई वसन्त ऋतुको आगमनकाे सङ्केत काे रुपमा पनि मनाइने गरिएकाे छ।
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन्। अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आफ्ना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो नम्र, शुभ्र गीत कविता स्तवनको रूपमा प्रस्तुत गरेका छन्। यसले सरस्वती पूजा र यसकाे महत्त्वलार्इ प्रस्ट रुपमा झल्काउँछ।
सरस्वती मन्त्र :
सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतुमे ॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥
पञ्चमं तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी, अष्टमं वरदायिनी ॥
नवमं बुद्धिदात्री च, दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा, द्वादशं भुवनेश्वरी ॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्म रूपा सरस्वती ॥
यस दिनमा सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भइरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सँधै दूर होस् भनि अारधना गरिन्छ।
हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासंघले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ ।
सरस्वती माताले हामी सबैलार्इ बुद्धि र विवेक दिउन् र हामी सबैको कल्याण गरुन।
Comments
Post a Comment
Any queries ??