About Us
सम्पादकीय ✏️
के छर जीवन दुई दिने घाम पानी
सङ्घर्ष र त्यस पछिको खुसी
बस यतिमै सीमित छ कहानी।।।
नमस्कार ! सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु । नेपाली रीति रीवाज र संस्कृति हरेक नेपाली नागरिकहरुको मौलिक पहिचान हो। नेपालको सान र मान हाम्रो यहि संस्कृति र परम्परामा अडिएकाे छ। नेपाल भाैगाेलिक हिसाबले अत्यन्तै सानाे मुलुक भएता पनि नेपाल साँस्कृतिक र धार्मिक हिसाबले विश्वमै सम्पन्न छ। नेपाली भूमिमा अनेकौ महान व्यक्तित्त्वहरुले जन्म लिएका छन्। लक्ष्मि प्रसाद देवकोटा, भानुभक्त आचार्य, भैरव अर्याल आदि जस्ता महान हस्तिहरुले नेपाली साहित्यिक क्षेत्रमा आफ्नाे कलम चलाएर नेपाली साहित्यलाई नयाँ उचाईमा पुर्याउन धेरै ठुलो भुमिका खेलेका छन्। हाम्रो राष्ट्रको चिनारी भनेको हाम्रा साहित्य र सँस्कृति नै हुन । कुनै पनि राष्ट्रलाई चिन्ने सबभन्दा उत्तम कुरा साहित्य नै हो । त्यसैले नेपाली साहित्य र नेपाली परम्परालाई जोगाउनु र यसको प्रवर्दन गर्नु हरेक नेपालीहरुको कर्तव्य र दायित्व हो।
आजको समयमा युवाहरु नै अगाडि नसरे देश र देशवासीको कल्याण गर्न सम्भव छैन। त्यसै गरि नेपाली साहित्यको संरक्षण र यसको प्रवर्दन गर्न पनि युवाहरु नै अग्रसर हुनुपर्छ। यसै सोचलाई आत्मसात् गर्दै मैंले यस ब्लगको सुरुवात गरेको छु। अहिलेको समयमा नेपाली पररम्परा र रीतिरिवाजलाई युवाहरुले बिर्सिंदै गएका छन्। तसर्थ युवाहरुलाई नेपाली पनमा रमाउन प्रेरित गर्नु हामी सबैको दायित्व हो। हामीले सुरुवात गरेको यस " नेपाली साहित्यिक जगत " नामक साहित्यिक व्लगमा नेपाली साहित्यकाे विभिन्न क्षेत्रलाई समेत्न खाेजिएकाे छ। यस व्लग अहिले आफ्नाे सुरुवाति चरणमा छ। त्यसैले यसमा केहि त्रुटिहरु हुन सक्छ। तसर्थ यस ब्लगलाई अझ गुणस्तरीय र राम्रो बनाउन सुझाव तथा जिज्ञासा दिनुहुन विनम्र अनुरोध गर्दछु। साथै नेपाली साहित्यिक क्षेत्रलाई माया गरिदिनुहुन सम्पुर्णमा यसै लेख मार्फत आह्वान गर्न चाहान्छु।
लेखक परिचय :
नमस्कार ! मेरो नाम सुनिल महत्ताे हाे। मेराे जन्म शिवपुरीकाे न्यानाे काखमा भएकाे थियाे। मैंले आफ्नाे शिक्षा काठमाडौं बाट नै हासिल गरेँ। हाल म अहिले bachelor's level मा (BCA) संकायमा अध्यनरत छुँ। साहित्यमा सानै देखि रुचि भएर हाेला यस ब्लग सुरुवात गर्न हाैशला प्रदान भयाे। यदि देशलाई विश्वमा चिनाउनु छ भने साहित्य नै एउटा उत्कृष्ट माध्यम हो भन्ने मेरो सोच रहेको छ। आफ्नाे जीवनमा केहि परिवर्तन गर्न अनि समाजमा साहित्यको महत्त्वलाई आम जनमसमा फैलाउनका निमित्त आगाडी लागेको छु। आशा छ मेरो यस यात्रामा हजुरहरू पनि साथ दिनुहुन्छ।
धन्यवाद !
यदि यहाँहरु सङ्ग केहि प्रतिभाहरु छन, त्यसलाई प्रस्फुटन गर्न चाहनुहुन्छ र यस ब्लगलाई र मलाई केहि सल्लाह र सुझाव दिन चाहानुहुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ।
ई-मेल मार्फत सम्पर्क गर्नुहोस् : sunilmaht642@gmail.com
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।
गोपनियता नीति पढ्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्।