Posts

Showing posts with the label आमा

आमा - कविता (विद्या गिरि)

 आमा आमा, तिमी हौँ यस सृष्टिकी सुन्दर उपहार तिमीले हामीलार्इ सधैं बर्षाउछौँ खुसिको बहार नौ महिना सम्म कोखमा लिएर हिड्यौं भित्र दुखी भएपनि बाहिर खुशी दिन्छ्यौ ॥ प्रेरणाको स्रोत अनि धर्तीमाता हौ रे तिमी सबैले तिमीलाई माया गरुन् तिम्रो अस्तित्वलाई  चीनि मायाको शितल छहारीमा हुर्कायौ हामीलाई बराबरि चोखो माया बाढछ्यौ सबै सन्तानलाई ॥ तिम्रो माया जस्तो अमूल्य अरु केहि हुदैन तिम्रो माया बाहेक अरुको मायाले यो मन छुदैन सन्तान प्रति तिम्रो प्रेम अनुपम हुन्छ तिमी एकछिन टाढा हुदा यो मन धेरै रुन्छ ॥ आफु अनेक दु:ख खपेर सन्तानको लागि बाच्छौँ दु:ख व्यथा आफू लिई  सुख सन्तानलाई सार्छ्यौ  प्राणी वर्ग सबैलाई आमाको माया अपार मातृत्वलाई नबुझेर जीवन विचलित नपार ॥ लेखक : विद्या गिरि कक्षा : १२  भीमढुङ्गा, काठमाडौं

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)