मन्दिर, भगवान अनि भक्त - कविता
मन्दिर, भगवान अनि भक्त मन्दिर त्यो ठाउँ जहाँ खोलाको किनारमा बगेको शालिग्रामलाई पुजिन्छ मानेर भगवान मन्दिर त्यो ठाउँ जहाँ भेटिको रकमले निर्धारण गरिन्छ भक्तको स्वाभिमान ॥ मन्दिर त्यो ठाउँ जहाँ ती निर्जीव ढुङ्गाको हुन्छ पवित्र दुग्धले स्नान तर त्यही मन्दिर बाहिर भोको पेट पाल्न मागी रहने सजीव हुने गर्छ अपमान ॥ कसरी विश्वास गरु त्यो मन्दिर अनि त्यो भगवान, जब त्यो भोक नबोक्ने पत्थर चौरासी बेन्जन खानेकुराले लजिज छन् तर त्यै भगवानका कति भक्तको रात, 'भोली एकछाक खान पाए ' भन्ने सपनाले सजिन्छन् ॥ कसरी मानौँ मन्दिरको शक्ति अनि कसरी विश्वास गरौँ त्यो स्वार्थमा सिमित भक्ति जब त्यै मन्दिरका पुजारी भनाउदा नै निस्कने गर्छन् लोभी र कप्टी ॥ कसरी विश्वास गरौँ मन्दिरमा जब अरबौँ रुपयाँ लगानी हुन्छ केवल त्यै अन्धविश्वासमा अनि अस्थाउने गर्छ हजारौं आशा सरस्वतीको आगमन अनि विद्यालय स्थापनाको आशमा ॥ किन विश्वास गरौँ त्यो मन्दिर जुन केवल पत्थरको लागि ठडिन्छन् तर त्यै मन्दिरको भगवानको भक्तको घर कुहिएको बासको आडले अडिन्छन् ॥ कसरी विश्वास गरौँ त्यो स्वार्थी भक्ति जहाँ माग्छन् केवल आफ्नो भलो मात्र भगवानका त...