ए परीक्षा ! (हाँस्य व्यङ्ग्यात्मक कविता)
ए परीक्षा !
ए परीक्षा ! त किन आउँछस् घरिघरि
त्रास, डर र चिन्ता निम्त्याएर मनभरि
प्रश्न सोधिदिन्छस् रङ्गीचङ्गी थरिथरि
ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥
तेरै कारणले आँशु टल्पलिन्छन आँखाभरि
प्रश्न कस्तो आउला भनेर डरै नै डर छ मनभरि
तर पनि प्रयास जारी छ मरि मरि
ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥
कलेज गएर पढ्ने मात्र दिनभरि
जहिले पढ्ने - तर परीक्षा नआओस् जीवनभरि
परीक्षा नआए त सुत्न पाइन्थ्यो पेटभरि
ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥
लेखक : प्रजिता खनाल
भीमढुङ्गा, काठमाडौं
Nepali Sahitya: रसका प्रकार: पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट...
ReplyDelete