ए परीक्षा ! (हाँस्य व्यङ्ग्यात्मक कविता)
ए परीक्षा ! ए परीक्षा ! त किन आउँछस् घरिघरि त्रास, डर र चिन्ता निम्त्याएर मनभरि प्रश्न सोधिदिन्छस् रङ्गीचङ्गी थरिथरि ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥ तेरै कारणले आँशु टल्पलिन्छन आँखाभरि प्रश्न कस्तो आउला भनेर डरै नै डर छ मनभरि तर पनि प्रयास जारी छ मरि मरि ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥ कलेज गएर पढ्ने मात्र दिनभरि जहिले पढ्ने - तर परीक्षा नआओस् जीवनभरि परीक्षा नआए त सुत्न पाइन्थ्यो पेटभरि ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥ लेखक : प्रजिता खनाल भीमढुङ्गा, काठमाडौं