फर्केर आउने छु म .....। (कविता)
फर्केर आउने छु म .....। हिजो बाटो बिराएर कतै हराएको थिए म आमा तिम्रो छायाबाट कतै टाढीएको थिए म साक्षी राखेर ती तिम्रा यादहरु, फर्कि आउने छु म हराएका ती अोठका मुस्कान फिर्ता ल्याउने छु म ॥ दैवको लिला अचम्मको किन, बुझ्न नै नसकिने छिनभरको उज्यालो पछि फेरी अध्यारो झेल्न पर्ने आशा अझै बाँकी छ त्यसैले हरेस खादिन म त्यो कालो रात चिर्दै भएपनि फर्कि आउने छु म ॥ तिम्रै काखमा बस्न पाए, भुल्छु म सारा पिडा सातै रङ्ग इन्द्रेनी छाउँछ यहाँ तिमी मेरो साथमा हुँदा कारण तिमी हौ मेरो अस्तित्वको, मनन् गर्ने छु सधैं म तिम्रो मान अनि तिम्रो शान सबै समेटी फर्कि आउने छु म ॥ सिकायौ खेल्न, हाँस्न, दौडिन, आफ्नै माटोलाई माया गर्न दियौ ज्ञान बुद्धि, विवेक सबै, सिकायौ असल मानिस बन्न सिकेका ती सबै कुराहरू जीवनमा लागू गर्दै जाने छु म आफ्नै भेष भुषालाई सम्झी फर्केर आउने छु म ॥ आफ्नै माटोमा पसिना र रगत बगाउने छु म मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म ।। लेखक : सुनिल महतो