फर्केर आउने छु म .....। (कविता)
फर्केर आउने छु म .....।
हिजो बाटो बिराएर कतै हराएको थिए म
आमा तिम्रो छायाबाट कतै टाढीएको थिए म
साक्षी राखेर ती तिम्रा यादहरु, फर्कि आउने छु म
हराएका ती अोठका मुस्कान फिर्ता ल्याउने छु म ॥
दैवको लिला अचम्मको किन, बुझ्न नै नसकिने
छिनभरको उज्यालो पछि फेरी अध्यारो झेल्न पर्ने
आशा अझै बाँकी छ त्यसैले हरेस खादिन म
त्यो कालो रात चिर्दै भएपनि फर्कि आउने छु म ॥
तिम्रै काखमा बस्न पाए, भुल्छु म सारा पिडा
सातै रङ्ग इन्द्रेनी छाउँछ यहाँ तिमी मेरो साथमा हुँदा
कारण तिमी हौ मेरो अस्तित्वको, मनन् गर्ने छु सधैं म
तिम्रो मान अनि तिम्रो शान सबै समेटी फर्कि आउने छु म ॥
सिकायौ खेल्न, हाँस्न, दौडिन, आफ्नै माटोलाई माया गर्न
दियौ ज्ञान बुद्धि, विवेक सबै, सिकायौ असल मानिस बन्न
सिकेका ती सबै कुराहरू जीवनमा लागू गर्दै जाने छु म
आफ्नै भेष भुषालाई सम्झी फर्केर आउने छु म ॥
आफ्नै माटोमा पसिना र रगत बगाउने छु म
मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म
मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म ।।
लेखक : सुनिल महतो
Comments
Post a Comment
Any queries ??