बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता
बालबालिकाको अधिकार हामी सबैको सरोकार
आजको सानो कोपिला भविष्यका कर्णधार
बालबालिकाको अधिकार हामी सबैको सरोकार
हाम्रो देश भर पर्छ बालबालिकाको हातमा
आग्रह गर्छु नेता ज्युलाई अधिकार चाहियो साथमा ॥
भासनमा मात्र होइन यथार्थमा चाहियो बाल अधिकार
कपि र कलम चाहियो हातमा, होइन खतरनाक हतियार
नाराबाजी र तोडफोडमा बालबालिकालाई अघि नबढाऊ
ज्ञानगुनका कुरा सिक्ने बेलामा उन्नतिशील कुरा पढाँउ ॥
अधिकारहीन बालबालिकालाई छैन आनन्दानुभुर्ति
दबिएका बालबालिकालाई उकास्ने छैन कसैको मति
कहि दबिन्छन बालक गरिब भनि, त कहि पाखे भनि
बढ्ने थिए अघि सधैं कसैको साथ पाए भने ॥
कविको कवितामा होइन, गीतकारको गीतमा होइन
यथार्थमा चाहियो बाल अधिकार
उचित शिक्षा मिठो खाना सबै बालबालिको सरोकार ॥
लेखक : विद्या गिरि
कक्षा : १२
भीमढुङ्गा, काठमाडौं
Comments
Post a Comment
Any queries ??