माया लाउन छोडीसके - सुनिल महतो (कविता)

माया लाउन छोडीसके ……

Maya launa chodisake

भयो अब लेख्दिन ती पत्र अनि चिठीहरु 

कोर्दिन अब यी हातले तिम्रा कोमल नयनहरु

 छार्दिए सम्झिन अब ती बितेका पलहरु

 सुकिसके अब मेरा आँखाका ती आँशुहरु ॥


पत्र‌ के‌ लेख्नु जब लेख्ने कुरा सकिसकेँ

तिम्रो नयनमा केवल तिखो कडा बनिसकेँ

सम्झना नै बस् थियो एउटा साहारा

त्यो पनि खै किन धारिलो छुरा बनिसके ।।


यात्रा जीवनको अनौठो छ, माया बिना अपुरो

साथ दिन्छु भन्ने नै यहाँ राख्छन नाता पराईको 

आँशुले भिजेका परेली मेरा अब सुक्न थालीसकेँ

एकलास त्यो ठाउँमा कठै जीउदो लाश बनिसकेँ ।।


प्रश्न के गर्नु अब, जब यी चोटहरुले उत्तर दिसके‌

तिम्रो नाम यो हृदयबाट अब मैले मेटीसकेँ

बाँकी थिए केवल तिम्रा ती तीता-मिठा यादहरु 

त्यो पनि वर्षा को पानीमा अब बगिसके ।।


अब छाडिदिए मैले माया लाउन - काल्पनिक कुरामा समय फाल्न  

यो दिललाई मैले सन्दुकमा बन्द गरिसकेँ 

भो अब मैले माया लाउन छोडीसकेँ 

हो मैले माया लाउन छोडीसकेँ ।।

- सुनिल महतो 

Comments

Post a Comment

Any queries ??

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)