बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता
बालबालिकाको अधिकार हामी सबैको सरोकार आजको सानो कोपिला भविष्यका कर्णधार बालबालिकाको अधिकार हामी सबैको सरोकार हाम्रो देश भर पर्छ बालबालिकाको हातमा आग्रह गर्छु नेता ज्युलाई अधिकार चाहियो साथमा ॥ भासनमा मात्र होइन यथार्थमा चाहियो बाल अधिकार कपि र कलम चाहियो हातमा, होइन खतरनाक हतियार नाराबाजी र तोडफोडमा बालबालिकालाई अघि नबढाऊ ज्ञानगुनका कुरा सिक्ने बेलामा उन्नतिशील कुरा पढाँउ ॥ अधिकारहीन बालबालिकालाई छैन आनन्दानुभुर्ति दबिएका बालबालिकालाई उकास्ने छैन कसैको मति कहि दबिन्छन बालक गरिब भनि, त कहि पाखे भनि बढ्ने थिए अघि सधैं कसैको साथ पाए भने ॥ कविको कवितामा होइन, गीतकारको गीतमा होइन यथार्थमा चाहियो बाल अधिकार उचित शिक्षा मिठो खाना सबै बालबालिको सरोकार ॥ लेखक : विद्या गिरि कक्षा : १२ भीमढुङ्गा, काठमाडौं केही उत्कृष्ठ कृतिहरू माया लाउन छोडिसके पर्खाइ