Parkhai (पर्खाइ) : Nepali Sad Love Poem
पर्खाइ
उठलानकी तिम्रा ती पाइला भनी
क्षितिज पारी कुरिरहेछु
विडम्बना! बाटो तिम्रो मोडिसकेछ
पागल म! तिमीलाई नै पर्खी रहेछु ॥
तिमी आउछौ भन्ने झुठो आशमा
कतिन्जेल मनलाई सम्हाल्न सक्छु र म ?
एक झलक तिम्रो, हेर्न पाउँ भनी यी नयनले
अझै पनि तिमीलाई नै पर्खी रहेछु म ॥
समयले तिमीलाई कहाँ, मलाई कहाँ पुरायो
नङ्ग र मासु जस्ता हामी, एकै छिनमा पराइ बनायो
भन्छन् बगेको खोला पनि फर्किन्छन् रे एकदिन
फेर्लाकी कोल्टे समयले भनि, पर्खिरहेछु त्यो दिन ॥
क्षितिज पारी त्यो पिपलुको रुख मुनि
आइदिनु प्रिय सम्झिएर तिमी
पर्खिरहेछु म आज, पर्खिरहनेछु जुनि जुनि
पर्खिरहेछु म आज, पर्खिरहनेछु जुनि जुनि ॥
- सुनिल महतो
Comments
Post a Comment
Any queries ??