आकाश रोइरहेछ (कविता) - सुनिल महतो

 आकाश रोइरहेछ .....!


के भयो त्यो बादललाई आज

ऊ एक्लै मौनतामा अल्झिरहेछ

उसका ती दुःखका वेदनाहरू

झरी बनी पृथ्वीमा झरीरहेछ

त्यही झरीमा रुझ्दै आज म हिँडिरहेछु

उता आकाश रोइरहेछ त यता

म आफ्ने आँशु पिइरहेछु ॥


हावा संगै उडी जाने त्यो बादल

उडेर खै कुन ठाँऊमा पुग्छ

जहाँ नेर पुगे पनि, त्यो कालो छाया आफैं सँग लान्छ

बादल जस्तै भएको छु, समयको बताश सँगै उडिरहेछु

दिलको भारी बिसाउ कहाँ , विसाउने चौतारी खोजिरहेछु

उता आकास रोइरहेछ त यता

म आफ्नै आँशु पिइरहेछु ॥


एक दिन त्यो कालो बादललाई चिर्दै

घामका मधुर किरणले यो मुटुलाई छुनेछ

रोइरहेको त्यो आकाशले पनि हसिलो मुहार फेर्नेछ 

ती हृदयपनि दुःखको भारी विसाई चैनको सास फेर्नेर्छ


हो म त्यही दिनको पर्खाईमा छु

जव निलो आकाश मुनी सयौँ फुल फुल्नेछ

किनकि रात पछि दिन अनि दुःख पछि सुख अवस्य आउने छ

त्यो दिन अवस्य आउने छ ॥

- सुनिल महतो


Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)