ए परीक्षा ! (हाँस्य व्यङ्ग्यात्मक कविता)

 ए परीक्षा ! 


ए परीक्षा ! त किन आउँछस् घरिघरि

त्रास, डर र चिन्ता निम्त्याएर मनभरि

प्रश्न सोधिदिन्छस् रङ्गीचङ्गी थरिथरि

ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥


तेरै कारणले आँशु टल्पलिन्छन आँखाभरि

प्रश्न कस्तो आउला भनेर डरै नै डर छ मनभरि

तर पनि प्रयास जारी छ मरि मरि

ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥


कलेज गएर पढ्ने मात्र दिनभरि

जहिले पढ्ने - तर परीक्षा नआओस् जीवनभरि

परीक्षा नआए त सुत्न पाइन्थ्यो पेटभरि

ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥

लेखक : प्रजिता खनाल

भीमढुङ्गा, काठमाडौं

Comments

  1. Nepali Sahitya: रसका प्रकार: पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट...

    ReplyDelete

Post a Comment

Any queries ??

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)