महामारी- कविता
महामारी
कठिनाई र त्रास यो विश्वले खप्पनुपर्ने कति ?
हाम्रै पुस्ताले रहेछ भोग्नुपरेको दुख भएजती
कहिले भुकम्प र नाकाबन्दी त कहिले कोरोनाको डर
मान्छे देख्दा मान्छे भाग्नुपर्छ कस्को गर्नु भर ?
सोत्तर भयो जनमानव, निरही रह्यो सरकार
आँखा अगाडि जनता मरेको हेर्ने नेताहरु बेकर !
जनता मरेका हैनन, राज्यले गरेको हत्या हो भन्छु म त
कर तिर्दा पनि उपचार नपाएर जनतालाइ भयो खत ॥
लकडाउन भनी गरिबहरु भोकै सुत्नुपर्ने
फाइदा उठाइ नेताहरु घुसखोरी गर्ने
छिमेकी राष्ट्रले दिएको सहयोग समेत छैन जनतालाई
जनता मारी भुँडी भर्छन पचाएर हिनतालाई ।
रोगले होइन जनता आज भोकले मरिराछन्
महामारिले निम्त्याएको ऋणको खाल्टोमा फसिराछन्
जनताको हातमुख जोडिदिने छैन कोहि सपूत
भोट मात्र माग्ने, काम केही नगर्ने, भए सबै कपुत ॥
पढाइ भयो अस्तव्यस्त एउटै कक्षामा पटक पटक
फोन त नलाग्ने देशमा चलिराछ अनलाइन क्लासको चटक
कती गारो विद्यार्थीलाई स्रोतसाधन छैन केही पनि
अनलाइन पढाएर फिजिकल परीक्षा लिन्छन् मूर्खहरु त्यहि पनि ॥
स्वास्थ र समयलाइ मध्यनजर गरि केही विकल्प खोजौं
अनलाइन परीक्षा सम्भव छ, त्येही बाटो रोजौँ
समय अलि भयानक छ, सतर्क हुनुपर्छ
आफु र आफ्नाको सुरक्षा आफै गर्नुपर्छ ॥
लेखक : प्रजिता खनाल
भीमढुङ्गा, काठमाडौँ
Comments
Post a Comment
Any queries ??