लागुपदार्थ सेवन गर्छु नभन। (कविता)
लागुपदार्थ सेवन गर्छु नभन।
दु:ख पर्दा आतिएर खान्छु न भन
लागुपदार्थ विष हो, सेवन गर्छु नभन
एक जुनिको जीवन हो तिम्रो
त्यसै खेर फाल्छु न भन ॥
थोरै थोरै गर्दा गर्दै कुलतमा फस्दै जान्छौ तिमी
फर्किने बाटो बिस्तारै भुल्दै जान्छौ तिमी
त्यसैले आजै देखि सचेत बन
एक जुनिको जीवन हो तिम्रो
त्यसै खेर फाल्छु न भन ॥
चुरोटको हरेक धुवाँ सँगै
उडाउँदै छौँ जीवन पनि
आफ्नै घुँडामा बन्चरो हान्न
सिक्दै छाै किन तिमी ?
एक चोटी पाइन्छ जीवन यो
बेलैमा ख्याल गर
फेरि फेरि पाईन्न जीवन
त्यसै खेर फाल्छु न भन ॥
फस्न लागि सक्याै तिमी!
लागि सक्याे यसको लत
अब त सिमा नी नाघी सक्यो
छोडिदेऊ यस्ता कुलत
यसैले निम्त्याउँछ मृत्युको घडी
अब त छोडिदेऊ भइसक्यो बडी
आजै त्याग यस मार्गलाई
फेरि पनि सम्झाउँदै छु ..
सबै जना सचेत बनाैँ
क्षणिक आनन्दमा रमाएर मित्र
यो अमूल्य जीवन त्याग्छु न भनौँ॥
लेखक : सृष्टि अधिकारी
Comments
Post a Comment
Any queries ??