Posts

Showing posts with the label लागुपदार्थ

लागुपदार्थ सेवन गर्छु नभन। (कविता)

Image
 लागुपदार्थ सेवन गर्छु नभन। दु:ख पर्दा आतिएर खान्छु न भन लागुपदार्थ  विष हो, सेवन गर्छु नभन एक जुनिको जीवन हो तिम्रो  त्यसै खेर फाल्छु न भन ॥ थोरै थोरै गर्दा गर्दै कुलतमा फस्दै जान्छौ तिमी फर्किने बाटो बिस्तारै भुल्दै जान्छौ तिमी त्यसैले आजै देखि सचेत बन एक जुनिको जीवन हो तिम्रो  त्यसै खेर फाल्छु न भन ॥ चुरोटको हरेक धुवाँ सँगै उडाउँदै छौँ जीवन पनि आफ्नै घुँडामा बन्चरो हान्न सिक्दै छाै किन तिमी ? एक चोटी पाइन्छ जीवन यो बेलैमा ख्याल गर फेरि फेरि पाईन्न जीवन  त्यसै खेर फाल्छु न भन ॥ फस्न लागि सक्याै तिमी! लागि सक्याे यसको लत अब त सिमा नी नाघी सक्यो छोडिदेऊ यस्ता कुलत यसैले निम्त्याउँछ मृत्युको घडी अब त छोडिदेऊ भइसक्यो बडी आजै त्याग यस मार्गलाई फेरि पनि सम्झाउँदै छु .. सबै जना सचेत बनाैँ क्षणिक आनन्दमा रमाएर मित्र यो अमूल्य जीवन त्याग्छु न भनौँ॥       लेखक : सृष्टि अधिकारी

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)