आमा - कविता (विद्या गिरि)

 आमा


आमा, तिमी हौँ यस सृष्टिकी सुन्दर उपहार

तिमीले हामीलार्इ सधैं बर्षाउछौँ खुसिको बहार

नौ महिना सम्म कोखमा लिएर हिड्यौं

भित्र दुखी भएपनि बाहिर खुशी दिन्छ्यौ ॥


प्रेरणाको स्रोत अनि धर्तीमाता हौ रे तिमी

सबैले तिमीलाई माया गरुन् तिम्रो अस्तित्वलाई  चीनि

मायाको शितल छहारीमा हुर्कायौ हामीलाई

बराबरि चोखो माया बाढछ्यौ सबै सन्तानलाई ॥


तिम्रो माया जस्तो अमूल्य अरु केहि हुदैन

तिम्रो माया बाहेक अरुको मायाले यो मन छुदैन

सन्तान प्रति तिम्रो प्रेम अनुपम हुन्छ

तिमी एकछिन टाढा हुदा यो मन धेरै रुन्छ ॥


आफु अनेक दु:ख खपेर सन्तानको लागि बाच्छौँ

दु:ख व्यथा आफू लिई  सुख सन्तानलाई सार्छ्यौ 

प्राणी वर्ग सबैलाई आमाको माया अपार

मातृत्वलाई नबुझेर जीवन विचलित नपार ॥


लेखक : विद्या गिरि

कक्षा : १२

 भीमढुङ्गा, काठमाडौं


Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)