प्यारो जन्मभूमि - कविता (कृतिका कोइराला)
प्यारो जन्मभूमि
शान्तिप्रेमि गौतम बुद्ध जन्मिएको देश
भिन्नाभिन्नै रीति यहाँ भिन्नाभिन्नै भेष
पूर्वजनले रङ्गाएका नेपाल यो हाम्रो
जहाँ जता धाए पनि नेपाल नै राम्रो ॥
हिमालको हिउँ जस्तै निश्चल हाम्रो मन
बगिरहने खोलाको जस्तै क्रियाशील तन
पहाडको अटल त्यो बिश्वास लिइ साथमा
सजाउनेछु नेपाललाई यहि सुन्दर माथमा ॥
मादलुको घिन्ताङ अनि बाँसुरीको धुन
सबैलाई प्यारो लाग्छ तिमी पनि सुन
सोरठी र मारुनीको ताल त्यो मिलाई
मान दिन्छु सबैलार्इ चाहे ती हुन पराई ॥
मुक्तिनाथ हलेसी र पाथीभरा पुग्छु
ॐ मणि पद्मे हुं भनि मन्त्र जप्छु
ईशुका ती मार्गदर्शन सधैं साथ राखी
सामीप्यको मस्जिदलाई श्रद्धापूर्वक ढोक्छु ॥
एकता र सहिष्णुता मूल मन्त्र हाम्रो
सबैलाई आदर गर्ने बानी कति राम्रो
नेपालको पहिचान बचाई राख साथी
विश्वमा नै पुग्छ पक्कै सबै भन्दा माथि ॥
लेखक : कृतिका कोइराला
कक्षा : १२
काठमाडौं, नेपाल
Comments
Post a Comment
Any queries ??