प्यारो जन्मभूमि - कविता (कृतिका कोइराला)
प्यारो जन्मभूमि शान्तिप्रेमि गौतम बुद्ध जन्मिएको देश भिन्नाभिन्नै रीति यहाँ भिन्नाभिन्नै भेष पूर्वजनले रङ्गाएका नेपाल यो हाम्रो जहाँ जता धाए पनि नेपाल नै राम्रो ॥ हिमालको हिउँ जस्तै निश्चल हाम्रो मन बगिरहने खोलाको जस्तै क्रियाशील तन पहाडको अटल त्यो बिश्वास लिइ साथमा सजाउनेछु नेपाललाई यहि सुन्दर माथमा ॥ मादलुको घिन्ताङ अनि बाँसुरीको धुन सबैलाई प्यारो लाग्छ तिमी पनि सुन सोरठी र मारुनीको ताल त्यो मिलाई मान दिन्छु सबैलार्इ चाहे ती हुन पराई ॥ मुक्तिनाथ हलेसी र पाथीभरा पुग्छु ॐ मणि पद्मे हुं भनि मन्त्र जप्छु ईशुका ती मार्गदर्शन सधैं साथ राखी सामीप्यको मस्जिदलाई श्रद्धापूर्वक ढोक्छु ॥ एकता र सहिष्णुता मूल मन्त्र हाम्रो सबैलाई आदर गर्ने बानी कति राम्रो नेपालको पहिचान बचाई राख साथी विश्वमा नै पुग्छ पक्कै सबै भन्दा माथि ॥ लेखक : कृतिका कोइराला कक्षा : १२ काठमाडौं, नेपाल