मन्दिर, भगवान अनि भक्त - कविता
मन्दिर, भगवान अनि भक्त
मन्दिर त्यो ठाउँ जहाँ खोलाको किनारमा बगेको शालिग्रामलाई पुजिन्छ मानेर भगवान
मन्दिर त्यो ठाउँ जहाँ भेटिको रकमले निर्धारण गरिन्छ भक्तको स्वाभिमान ॥
मन्दिर त्यो ठाउँ जहाँ ती निर्जीव ढुङ्गाको हुन्छ पवित्र दुग्धले स्नान
तर त्यही मन्दिर बाहिर भोको पेट पाल्न मागी रहने सजीव हुने गर्छ अपमान ॥
कसरी विश्वास गरु त्यो मन्दिर अनि त्यो भगवान, जब त्यो भोक नबोक्ने पत्थर चौरासी बेन्जन खानेकुराले लजिज छन्
तर त्यै भगवानका कति भक्तको रात, 'भोली एकछाक खान पाए ' भन्ने सपनाले सजिन्छन् ॥
कसरी मानौँ मन्दिरको शक्ति अनि कसरी विश्वास गरौँ त्यो स्वार्थमा सिमित भक्ति
जब त्यै मन्दिरका पुजारी भनाउदा नै निस्कने गर्छन् लोभी र कप्टी ॥
कसरी विश्वास गरौँ मन्दिरमा जब अरबौँ रुपयाँ लगानी हुन्छ केवल त्यै अन्धविश्वासमा
अनि अस्थाउने गर्छ हजारौं आशा सरस्वतीको आगमन अनि विद्यालय स्थापनाको आशमा ॥
किन विश्वास गरौँ त्यो मन्दिर जुन केवल पत्थरको लागि ठडिन्छन्
तर त्यै मन्दिरको भगवानको भक्तको घर कुहिएको बासको आडले अडिन्छन् ॥
कसरी विश्वास गरौँ त्यो स्वार्थी भक्ति जहाँ माग्छन् केवल आफ्नो भलो मात्र
भगवानका त सबै परिवार हौं नी, त तिनले कसरी भेदभाव गर्लान्
सोच अनि अब नबनाऊ आफैलाई हाँसोको पात्र ॥
कसरी विश्वास गर्नु त्यो भगवान् अनि देवी
जब त्यै देवी सरह नारीको महिनामा सात दिन रगत बग्दा मन्दिर जानबाट हुन्छन् वञ्चित
कहाँ हुन्छिन् ती देवी जब शोषण हुन्छ त्यो नारीको जसलाई मानिन्छ धर्ती आमाको अंकित ॥
कहाँ हुन्छन् त्यो भगवान् जब तिनकै सन्तान विपत्तिमा पर्दा
कहाँ हुन्छ त्यो मन्दिरको शक्ति जब मासुमको आँसु विनसित्तिमा झर्दा ॥
लेखक : आशेस भट्टराई
Comments
Post a Comment
Any queries ??