काल्पनिक माया - An Illusion of Love

मेरो त्यो एलबम
आज उनको एक तस्बीरको लागि तड्पि रहेछ
कुनै समय नजिक आउँदा
अतासिदै ढुकढुकाउने यो मुटु
आज उस्कै याद मेटाउन खोजिरहेछ
दुरी यति बढाएछौ कि तिमीले
तिम्रो नाम लेख्दा रमाउने यो मन
आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछ ।।
समय त्यो पनि थियो
जब उस्को घरको बाटो हिड्दा
मुटुको ढड्कन एकास्सी बढ्थ्यो
यि नयनले हरपल उसैलाई नै खोज्थ्यो
तर समयले यसरी कोल्टे फेरीदियो
हामी दुईको बाटो गन्तव्य नपुग्दै सकियो
दोष सायद मेरो पनि थियो होला
तिम्रो एक मुस्कानलाई माया सम्झी
आफ्नै दिललाई लिलाम गर्न पुगेछु
तिमीलाई त बस पलभरको साथ चाहिएको रहेछ
मैले त हामी दुइको सुन्दर संसार नै बुन्न थालेछु
तिमीले त मलाई यति भ्रम मा उल्झ्याएछौ
तिम्रै मिठो सपनामा रमाउने यो मन
आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।।
तिम्रै मिठो सपनामा रमाउने यो मन
आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।।
- सुनिल महतो
Comments
Post a Comment
Any queries ??