Posts

Showing posts with the label broken heart

काल्पनिक माया - An Illusion of Love

Image
कुनै समय उसका ती तस्बीरले भरिने मेरो त्यो एलबम आज उनको एक तस्बीरको लागि तड्पि रहेछ कुनै समय नजिक आउँदा अतासिदै ढुकढुकाउने यो मुटु आज उस्कै याद मेटाउन खोजिरहेछ  दुरी यति बढाएछौ कि तिमीले तिम्रो नाम लेख्दा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछ ।।   समय त्यो पनि थियो  जब उस्को घरको बाटो हिड्दा मुटुको ढड्कन एकास्सी बढ्थ्यो यि नयनले हरपल उसैलाई नै खोज्थ्यो तर समयले यसरी कोल्टे फेरीदियो हामी दुईको बाटो गन्तव्य नपुग्दै सकियो   दोष सायद मेरो पनि थियो होला तिम्रो एक मुस्कानलाई माया सम्झी आफ्नै दिललाई लिलाम गर्न पुगेछु तिमीलाई त बस पलभरको साथ चाहिएको रहेछ मैले त हामी दुइको सुन्दर संसार नै बुन्न थालेछु तिमीले त मलाई यति भ्रम मा उल्झ्याएछौ तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।। तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।।                                                ...

सपनाको खोजी - A never ending journey

Image
 सपनाको खोजी सपना कति प्यारो छ है त्यहि सपनालाई अङ्गाल्दै टाढा जानु छ दुःख मात्र होइन साथी खुसीले घरको छानो छाउनु छ   त्यो कालो बादलको डरले कति बस्नु अब हिम्मत गरेर त्यो झ्याल खोल्नु छ अनि सुर्यको तेज प्रकाशले त्यो जीवन उज्यालो पार्नु छ ।।   जीवनको मोडमा कैयौँ बाधा आए पनि हरेस नखाइ अघि बढ्नु छ दुनियाले लडाउन खोजे पनि उठेर संसार जित्नु छ कुरा काट्छन दुनिया ले – काट्न देऊ । तिमीलाई त बस आफ्नो आमाको ओठमा मुस...

पर्खाइ - An illusion .....( Part 2)

Image
  कति सजिलो छ है कसैलाई माया लगाउन त्यति नै कठिन हुदो रहेछ , कसैलाई बिर्सिन वाचा कसम त बस क्षणिक रहेछ यहाँ थोरै खुसिको लागि पनि अल्झिदो रहेछ जीवन ।।   कति सजिलै बदलिए यि परिवेश र पाखाहरु अनि कति सजिलै बदलियौ तिमी र तिम्रा वाचाहरु चटक्कै बिर्सिएर ती सारा वाचा , कसम र यादहरु अचानक कहाँ हरायौ तिमी छोडि आँशुले भरिएका उपहारहरु ।।   माया त तिमीले पनि गर्थ्यौ नि प्रिय ? आखिर परीक्षा मेरो मात्र किन ? म पनि त खोला तर्दै थिए , एकलै किनारमा पुग्यौ किन ? पौडि खैल्न आउदैन , थाहा थियो तिमीलाई आखिर किनारमा बाधिँएको   डोरी फुकायौ किन ?   धेरै वर्ष बितिसकेछ तिम्रै प्रतिक्षामा टोलाइरहन्छु अझै पनि म तिम्रै कल्पनामा जहाँ छौ खुसि हुनु , मुस्कुराईरहनु प्रियतमा बिर्सिए नि तिमीले मलाई तिमी त छौ नि मेरो सम्झनामा सधै रहिरहने छौ मेरो सम्झनामा ।।   लेखकः सुनिल महतो   अन्य मार्मिक कविताहरू : पर्खाइ भाग - १  प्रियसिलाई पत्र आकाश रोइहेछ माया लाउन छोडिसके

म त पराई भए.....। : Sad Nepali Gajal

Image
म त पराई भए   ...........। त्यो कालो औँसीको रातमा म त केवल छाया भएँ सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ ।।   सधैँ चम्किने त्यो जूनले पनि आज किन मुख छोपि दिए हिजो मात्र बोलेको थिए , आज छिनमै पराई भएँ ।।   देखावटी रैछ तिम्रो माया सपनाबाट बल्ल बिउँझेँ तिमी मै संसार देख्छु भन्थी , म त आज पराई भएँ   सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ म त पराई नै भएँ ।।                                                                        -  सुनिल महतो

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)