म त पराई भए.....। : Sad Nepali Gajal

म त पराई भए  ...........।

Ma ta Parai bhaye : Sad Gajal

त्यो कालो औँसीको रातमा
म त केवल छाया भएँ
सँगै तिमी छौ, र पनि
म त पराई जस्तो भएँ ।।
 
सधैँ चम्किने त्यो जूनले पनि
आज किन मुख छोपि दिए
हिजो मात्र बोलेको थिए,
आज छिनमै पराई भएँ ।।
 
देखावटी रैछ तिम्रो माया
सपनाबाट बल्ल बिउँझेँ
तिमी मै संसार देख्छु भन्थी,
म त आज पराई भएँ
 
सँगै तिमी छौ, र पनि
म त पराई जस्तो भएँ
म त पराई नै भएँ ।।
                                                                 -  सुनिल महतो

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)