सपनाको खोजी - A never ending journey

 सपनाको खोजी

Sapana ko khoji - A never ending journey

सपना कति प्यारो छ है

त्यहि सपनालाई अङ्गाल्दै

टाढा जानु छ

दुःख मात्र होइन साथी

खुसीले घरको छानो छाउनु छ

 

त्यो कालो बादलको डरले कति बस्नु अब

हिम्मत गरेर त्यो झ्याल खोल्नु छ

अनि सुर्यको तेज प्रकाशले

त्यो जीवन उज्यालो पार्नु छ ।।

 

जीवनको मोडमा कैयौँ बाधा आए पनि

हरेस नखाइ अघि बढ्नु छ

दुनियाले लडाउन खोजे पनि

उठेर संसार जित्नु छ

कुरा काट्छन दुनिया ले – काट्न देऊ ।

तिमीलाई त बस

आफ्नो आमाको ओठमा

मुस्कान ल्याउनु छ ।

 

ह्रदय रोइ रहेछ तर

ओठले मुस्कान छर्नुछ

गहभरिको आँसु लुकाइ

मनका कुरा खोल्नु छ

 

छुटेका होइनौ  र छुट्ने पनि छैनौ

बस ‍केहि समय त हो नि

सँगै बसेर फेरि मिठा कुरा गर्नु छ

अनि बाल्यकालका ति क्षणहरु

 फेरि ताजा पार्नु छ ।।

 

अनगिन्ति सम्झना मध्ये

अलिकति यहाँ छोडी जानु

सुखमा मात्र होइन साथी

दुःखमा पनि मलाइ सम्झनु

बिर्सने छैन तिमीलाई कदापी

तिमी पनि मलाई नबिर्सनु

म तिम्रै अभागी साथी 

सम्झेर तिमी छिटै फर्कनु ।।

 

धेरै छन कुरा तिमीलाई भन्नु

पछि सँगै बसेर भन्ने छु

तिमी खुसी त म खुसी

तिम्रै सुख र समृद्धीको लागी

हरपल प्राथना गर्ने छु ।

हरपल प्राथना गर्ने छु ।


                                                                    -            सुनिल महतो


अन्य मार्मिक कृतिहरुः

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)