पर्खाइ - An illusion .....( Part 2)

 



कति सजिलो छ है कसैलाई माया लगाउन

त्यति नै कठिन हुदो रहेछ, कसैलाई बिर्सिन

वाचा कसम त बस क्षणिक रहेछ यहाँ

थोरै खुसिको लागि पनि अल्झिदो रहेछ जीवन ।।

 

कति सजिलै बदलिए यि परिवेश र पाखाहरु

अनि कति सजिलै बदलियौ तिमी र तिम्रा वाचाहरु

चटक्कै बिर्सिएर ती सारा वाचा, कसम र यादहरु

अचानक कहाँ हरायौ तिमी

छोडि आँशुले भरिएका उपहारहरु ।।

 

माया त तिमीले पनि गर्थ्यौ नि प्रिय ?

आखिर परीक्षा मेरो मात्र किन ?

म पनि त खोला तर्दै थिए , एकलै किनारमा पुग्यौ किन?

पौडि खैल्न आउदैन, थाहा थियो तिमीलाई

आखिर किनारमा बाधिँएको डोरी फुकायौ किन ?

 

धेरै वर्ष बितिसकेछ तिम्रै प्रतिक्षामा

टोलाइरहन्छु अझै पनि म तिम्रै कल्पनामा

जहाँ छौ खुसि हुनु, मुस्कुराईरहनु प्रियतमा

बिर्सिए नि तिमीले मलाई

तिमी त छौ नि मेरो सम्झनामा

सधै रहिरहने छौ मेरो सम्झनामा ।।

 

लेखकः सुनिल महतो

 

अन्य मार्मिक कविताहरू :


Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)