सायरी सङ्ग्रह

 सायरी सङ्ग्रह

सायरी १  : दृष्टिकोण

आँखामा फूल राखेर हेर

संसारलाई  सुन्दर स्वर्ग देख्नेछौ !

आँखामा काँडा राखेर हेर

संसारलाई कुरुप नर्क देख्नेछौ !

कति काँडाले मात्र हेरेर आफ्नै आँखा बिझाउँछौ ?

एक चोटी फूलले हेरन,

सारा सजीव तिमीतिरै मुस्कुराइरहेको देख्नेछौ ।

किनकि,

  संसार आफू अन्सार ॥

लेखक : प्रजिता खनाल

सायरी २ : मनको चाहा

विहानिको निद्रा खुलोस सिर्फ तिम्रो सासले,

" सानु उठ न ढिलो भयो " भन्ने बोलीको मिठासले !

" ह्या, नकराउ " भन्दै रिसाएर कोल्टे म फेर्दा,

मेरो रिस शान्त पार्न तिमीले मलाई अङ्गालोमा बेर्दा, 

कस्तो होला त्यो पल हाम्रो सम्झदा नै प्यारो ।

" उठेपछि एक छिन सुत न " भनेर नाडी तान्दै मेरो।।।

लेखक : प्रजिता खनालरी

सायरी ३ : सपना


मेराे सपना सायद यो बादल जस्तै 

आज बिलाएर जान्छ त भोली  फेरी फर्केर नयाँ बनी आउँछ

मेराे भाग्य सायद यो हावा जस्तै 

कहिले सितल बतास त कहिले यसले आधिहुरि ल्याउँछ

अनि सायद मेराे जीवन यो निलो आकाश जस्तै

 कहिले यसमा सेता सुन्दर बादल

 त कहिले कालो गज्रिने बादल छाउँछ ॥

लेखक: आशेस भट्टराई


Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)