सपना (गजल)
बिहान अनि रातमा पनि तिम्रै सपना
हरपल यादमा आउने तिम्रो सपना
गहभरि आशु हुनु हो सपना
निदरिमा पनि आँखामा आउने हो सपना।
रुवाऊनु र हसाउनु हो सपना
दिनभरी रोइ हत्केलाले आशु पुछ्नु हो सपना
पाउनु र गुमाउनु हो सपना
रातभर उसकै यादले सताउनु हो सपना
मायामा आशा हो सपना
पिडामा शान्ति हो सपना
तिमीलाई पाउनु खोज्नु हो सपना
यादमा पागल बनाउनु हो सपना ॥
लेखक : केशव घिमिरे
Comments
Post a Comment
Any queries ??