सपना ( सायरी ) - ममता राई
सपना
मनभरी रहरहरूले , भरिएको हुन्छ सपना
ताराहरुको संसार झैं, छरिएको हुन्छ सपना ॥
सबै कुरो आफ्नै निम्ति हासिल हुनुपर्छ भन्ने,
संसार जित्ने तृष्णाले, खरिएको हुन्छ सपना ॥
चरी झैं उड्न पाए, जून तारालाई छुन पाए,
यस्तै यस्तै चाहानामा, दरिएको हुन्छ सपना ॥
कहिले टुटेर गइदिन्छ , कहिले फुटेर गइदिन्छ,
पानीको फोका जस्तै तरिएको हुन्छ सपना ॥
- ममता राई
Wow😍
ReplyDelete