स्वार्थी दुनिया (कविता : सुनिल महत्तो )

 स्वार्थी दुनिया

मानव आज किन छन है स्वार्थी

सुन्नदैनन् कसैको उपदेश र अर्ति

सबै जना आफ्नो भलो मात्र चाहान्छन

सबैलाई टेकी ऊ अघि बढि रहन्छ।


आजका मानिस किन छन है यस्ता

आफु आफुमा पारिरहेछन अनेकता

मनमा उब्जिरहेछ मेरो प्रश्न एउटा

किन भयो होला मानिसको जन्म यो भूमिमा?


गुणको पनि अवगुण हुदो रहेछ आज

बाँच्नै ग्राह्रो हुदो रहेछ असल भइ मानिस माझ

अरूको भलाई सोच्नेहरू रहेछ कम मात्र

आफ्नै आफन्तले पनि घोप्दो रहेछ छुरा पेट भित्र।।


समाजको यस्तो विकृतीको गर्नुपर्छ अन्तय अब

भइ सधै नि:स्वार्थी बनौँ सभ्य मानव

भइ सधै नि:स्वार्थी बनौँ सभ्य मानव।।।

लेखक : सुनिल महत्तो         

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)