कहि हराएका कहानीहरु.....- कविता(भाग : १)

कहि हराएका कहानीहरु.....

भाग :१

ओइ सुन त 

किन त आफ्नो संसार ठानी आर्काको सपनाको संसारमा रमाउँदै छस्

किन तैंले प्राप्त नगरेको चीज गुमाउनु पर्छ भनी डराउँदै छस्


के तेरा ती सपना अनि रहर त्यति सस्तो छ र

संघर्ष गर्न छाड्छस् रे! के जिन्दगी तैंले सोचे जस्तो छ र?


संसार जित्ने सोच राख्ने कलिला दिमाग तेरा

सिर्फ एक पाना नपल्टिदैमा फाल्छस् रे पूरा जिन्दगीको किताब खेरा


मैले त सोचेको थे पंखा नपलाएका कलिला सपना पूरा गर्न तँ लड्छस् होला

बाधा अर्चनालाई बाटो लगाई अघि बढ्छस् होला


तर तेरो सपनाको महल पनि पिधमा घाउ लागेको काच् को गिलास सरी रहेछ

तैंले खनाएका रहरका तरल सबै बेर्थ बगी गएछ 


मौन छस् अब बोल्दैनस् आफ्नो मार्ग भेटी सकिस् रे

शान्तिको पथ रोजिस् अनि रहरका घाँटी रेटी सकीस् रे


तेरा मासुम रहर तेरा चिता सँगै जली गयो होला

तेरा सपना अब आधा बाटो मै स्तब्ध भयो होला


अब तेरा याद पनि तेरा आस्थि झै सेलाउदै जान्छ मित्र

तेरो तस्बिर अब केवल भित्तामा टागिने छ 

अनि यही कुरा को भय ले खाँदै छ मुटु भित्र भित्र  ॥

लेखक : आशेस भट्टराई

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)