कहि हराएका कहानीहरु..... (भाग : २)

कहि हराएका कहानीहरु.....

(भाग : २)

 जहिले मुस्कान मात्र रही रहने तेरो मुहार कहिले देखाईनस् त्यो पछाडि लुकेको बेथा

हर समय ठट्टा गर्ने त कहिले भन्न चाहिनस् तैंले जैले भोगिरहेको दुःखको कथा 


मेरो सबै प्रश्नको उत्तर हुन्थे तँ सँग तर तैंले आफ्नै जीवनको उत्तर भेट्न सकिनस्

म उदास हुँदा हँसाउन खोजिरहने तँ कैले आफ्नै मनको उदासीता मेट्न सकिनस्स


सबैलाई माफ गर्न सिकाउने तैँले कहिले आफैलाई बिना गल्तीको पनि माफ गर्न सकिनस्

मेरो मुस्किल समयमा भर दिने त आफ्नो कठिन परिस्थितिमा पनि कैले मेरो भर परिनस्


मलाई कुलतमा नलाग भन्ने तँ आज मलाई थाहा छैन तर कुनै गल्लीको कुनामा लागूपदार्थ सेवन गर्दै छस्

आज तेरो बाहिरी इन्द्रिय र अंग त जिउँदो होलान् तर भित्र भित्र त मर्दै छस्


मलाई ज्ञात छैन न त तैँले भनिस तँ बद्लिन् के कुरा को जोड थियो

पारिवारिक समस्या थियो या तेरो प्रेमको वियोगको तोड थियो

तर जे थियो त्यो कुराले हाम्रो मित्रतालाई कहिले नसोचेको मोड दियो


मेरा त यो काल्पनिक कथा होला तर यसै गरी एउटा सानो घटनाले उमंगले भरिपुर्ण जीवन बनाइदिन्छ रित्तो

सुमधुर सम्बन्ध कसैको पीडा नबुझिदिदा भै दिने गर्छ तीतो


त्यसैले सुनी दिनूस् आज उ जे भन्दै छ

हौसला दिनुस् उसले जे गर्दैछ 

आज न सही तर एकदिन उसले केही गर्नेछ

बनी दिनुस् उसका पाइला उ अघि बढ्ने छ 

काध बानी दिनुस् उसको उ सफलताको सिखर चढ्नेछ

तपाईंको बेवास्थाको बावजूद उसको मुहार हसिलो होला 

तर याद गर्नुस् उसको गुम्सिएको घाउले उ भित्र भित्रै मर्नेछ

लेखक : आशेस भट्टराई


भाग : १ छुटाउनु भयो कि ?
भाग:१ हेर्नुहोस्


Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)