नेपाली साहित्य : निबन्ध
नेपाली साहित्य नेपाली समाज विभिन्न रीतिरिवाज, सस्कृति, भाषा, साहित्य, परम्पराले आदि विभिन्न कुराले सम्बृद्ध छ। नेपाली साहित्य र नेपाली समाजका विविध कुराहरु परस्परमा सम्बन्धित छन्। नेपाली साहित्यले समाजको विभिन्न प्रकारका सकारात्मक तथा नकारात्मक दुवै पाटाहरूलार्इ केलाउन काेशिस गरेकाे छ। साहित्यमा दत्तचित्त भएर लागेका विभिन्न अग्रज सष्टाहरुले यस क्षेत्रलाई माथि उकास्नकाे लागि विभिन्न काम गर्नुभएको छ। सिद्धिचरण श्रेष्ठ, ह्रदयचन्द्र सिंह प्रधान, लक्ष्मी प्रसाद देवकोटा, भैरव अर्याल, आदि यसका ज्वलन्त उदाहरण हुन्। नेपाली साहित्यमा विभिन्न प्रकारका विधाहरू छन्। कथा, कविता, गजल, उपन्यास, निबन्ध, गीत, नाटक, एकाङ्की आदि साहित्यका विभिन्न विधाहरु हुन्। विभिन्न व्यक्तित्वहरुले यस्ता क्षेत्रमा कलम चलाएर नेपाली साहित्यमा ठूलो योगदान दिएका छन्। लेखकहरुका राेचक एवं प्रेरणादायी रचनाका कारण धेरै मानिसहरुले यसप्रति चासो देखाएका छन्। कुनैपनि सिर्जना त्यतिबेला सार्थक हुन्छ जब त्यो सिर्जनाले समाजको वास्तविक कुरालाई विषयवस्तु बनाएर समाजका मान्छेहरुलार्इ सचेत बनाउछ र दीर्घकालीन विकासकाे लागि सहयोग ग...