Posts

Showing posts from July, 2021

लागुपदार्थ सेवन गर्छु नभन। (कविता)

Image
 लागुपदार्थ सेवन गर्छु नभन। दु:ख पर्दा आतिएर खान्छु न भन लागुपदार्थ  विष हो, सेवन गर्छु नभन एक जुनिको जीवन हो तिम्रो  त्यसै खेर फाल्छु न भन ॥ थोरै थोरै गर्दा गर्दै कुलतमा फस्दै जान्छौ तिमी फर्किने बाटो बिस्तारै भुल्दै जान्छौ तिमी त्यसैले आजै देखि सचेत बन एक जुनिको जीवन हो तिम्रो  त्यसै खेर फाल्छु न भन ॥ चुरोटको हरेक धुवाँ सँगै उडाउँदै छौँ जीवन पनि आफ्नै घुँडामा बन्चरो हान्न सिक्दै छाै किन तिमी ? एक चोटी पाइन्छ जीवन यो बेलैमा ख्याल गर फेरि फेरि पाईन्न जीवन  त्यसै खेर फाल्छु न भन ॥ फस्न लागि सक्याै तिमी! लागि सक्याे यसको लत अब त सिमा नी नाघी सक्यो छोडिदेऊ यस्ता कुलत यसैले निम्त्याउँछ मृत्युको घडी अब त छोडिदेऊ भइसक्यो बडी आजै त्याग यस मार्गलाई फेरि पनि सम्झाउँदै छु .. सबै जना सचेत बनाैँ क्षणिक आनन्दमा रमाएर मित्र यो अमूल्य जीवन त्याग्छु न भनौँ॥       लेखक : सृष्टि अधिकारी

जिन्दगि ज्युँदै छु....(कविता)

  जिन्दगि ज्युँदै छु.....। समयको वेग सङ्गै बग्दै छु आज समयले जता दोह्रोयाउछ  त्यतै लाग्दैछु आज  थाहा छैन कुन ठाँउमा पुगेर रोकिन्छ जिन्दगानी रोदन बिच छिनभरको हासोँको लागि ज्युँदै छु आज ॥ सङघर्ष विना जीवन चल्दो रहेनछ साथी यो त जीवनको नियम नै हो मानो भर खुसीको पाउन यहाँ एक पाथी आँशु बगाउनु त सामान्य जस्तै हाे त्यसैले त साथी मानाे भर खुसी काे लागि ज्युँदै छु म आज ॥ सुख र दुःख को भुमरिमा अल्झेको जिन्दगि मेरो थाहा छैन कहिले निस्किन्छु दुखै गरेर भएता पनि  सफलताको ताज एक दिन अवश्य लगाउनेछु त्यसैले त साथी छिनभरको हासोँको लागि मरेर भएनि ज्यूँदै छु ॥ लेखक : सुनिल महतो

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)