जिन्दगि ज्युँदै छु....(कविता)

 जिन्दगि ज्युँदै छु.....।

समयको वेग सङ्गै बग्दै छु आज

समयले जता दोह्रोयाउछ  त्यतै लाग्दैछु आज 

थाहा छैन कुन ठाँउमा पुगेर रोकिन्छ जिन्दगानी

रोदन बिच छिनभरको हासोँको लागि

ज्युँदै छु आज ॥


सङघर्ष विना जीवन चल्दो रहेनछ साथी

यो त जीवनको नियम नै हो

मानो भर खुसीको पाउन यहाँ

एक पाथी आँशु बगाउनु त सामान्य जस्तै हाे

त्यसैले त साथी

मानाे भर खुसी काे लागि ज्युँदै छु म आज ॥


सुख र दुःख को भुमरिमा अल्झेको जिन्दगि मेरो

थाहा छैन कहिले निस्किन्छु

दुखै गरेर भएता पनि  सफलताको ताज

एक दिन अवश्य लगाउनेछु

त्यसैले त साथी

छिनभरको हासोँको लागि

मरेर भएनि ज्यूँदै छु ॥

लेखक : सुनिल महतो

Comments

Post a Comment

Any queries ??

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)