हो म चोर हुँ...। (कविता)

 हो म चोर हुँ...।

हो म चोर हुँ...।

थाहा छैन मलाई आज, कसरी पोखुँ मेरो मनको व्यथा

सबैले त मलाई चोर भन्छन् विर्सिसके मेरो अस्ल्लि नाम

सायद कमैले सुन्छन् होला मेरो यो कहानी

आखिर सबको नजरमा चोर हुँ म, यसैमा सिमित मेरो जीन्दगानि ॥


हो म चोेर हुँ,

आफ्नो जीवन धान्न चोर्छु,

बालबच्चा र जहान घरमा , उनिहरुलाई पाल्न चोर्छु

घरको अवश्था कमजोर छ हजुर

तिन वटै पिल्लर ढलिसके,

त्यहि बाँकी एउटा पिल्लर बचाउनका लागि चोर्छु

ज्यादारि गरेर पाल्न सकिन मैले, त्यसैले त वाध्य भएर चोेर्छु

मेरो दु:ख र मेरो वाध्यता मलाई मात्र थाहा छ,

सुनाऊ पनि कसलाई सुनाऊ, सुनिदिने को छ र ?

आखिर सबको नजरमा चोर हुँ म , यो वाहेक अर्को चिनारी के छ र ?


हो म चोर हुँ,

तर अहिले सम्म कुनै गरिबको ढुकुटि रित्याएको छैन्,

अरुले झै सढेआम बजारमा कुनै स्त्रीलाई कूदृष्टिले हेरेको छैन्,

सानो तिनो चोर हुँ, अहिले सम्म कुनै लुटपाट र दकैति गरेको छैन्,

कसैको अस्मिता माथी प्रहार गरि उसको ईज्जत लुटेको छैन्,

बदलाको भावना म सँग छैन्, कसैको ज्यान लिएको छैन्, 

अरुले झै खुलमखुल्ला धुस मैले खाको छैन्,

वस् क्षणिक सुखको लागि चोरी गरे, त्यो वाहेक अरु केहि गरेको छैन् ॥


हो सबले मलाई चोर भन्छन्,

मेरो परिचय त मैले वर्षौ अघि गुमाईसकेँ,

गरिबिको शिकार भएको म, यसैमा वाच्न सिकिसकेँ,

मान्छेले मलाई चोर भन्छन् यहि उपनाम बाट चिनिन थालिसकेँ,

सायद यहि उपनामले होला, नखाएको विष पनि पचाउँन थालिसकेँ,

समाजको हेला र परिवारको बदनामि, सबै सँग लड्दै जीवन ज्युन जानिसकेँ,

आखिर सबैले मलाई चोर भन्छन् , अव त यसैमा रमाउन थालिसकेँ ॥


गल्ती मेरै हो,

हो म मान्छु, गल्ती मेरै हो, सानो तिनो समान चोर्नु भुल भयो,

आज त यहाँ वैङक फोडे नि माफि पाईन्छ रे,

करौडोको घोटाला गरे झन समाजमा ईज्जत बढ्छरे,

ठुलो हुन यहाँ , ठुलै अपराध गर्नु पर्छ अरे,

म त हजुर सोझो परे, ठुलावडाको हावाले छुन सकेन,

छाक तार्नका निम्ति चोरि गरे, ठुलो बन्ने ख्याल नै आएन्,

जमाना खराब छ रे, चोर भन्दा नि ठुलो अरु कोहि छ रे,

१००० रुपैयाँ चोरे यहाँ, उजुरि १०,००० रुपैयाँको लाग्छ रे,

चोरले चोरेको त सबैले देख्छन् अरे,

तर उस्को नामको आडमा करौडौँ चोर्नेहरु खुल्ला घुम्छन अरे,


म भनौँ पनि कस्लाई भनौँ, सुनिदिने कोही छैन् 

चोर बन्नु मेरो वाध्यता हो, कुनै रहर होईन्

सायद मेरो पनि रहर थियो - सभ्य र असल मानिस बन्न 

परिस्थितिले कहाँ दोहोराहिदियो, कहाँ लगेर लडाईदियो थाहै भएन,

जीन्दगि सबैको उस्तै हुदैन्, कसैलाई हासोँ त कसैलाई रोदन्

मेरो भाग्यमा रोदन पर्‍यो , अरुको त थाहा भएन ॥

लेखक : सुनिल महतो 

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)