Posts

Showing posts from September, 2022

सपना ( सायरी ) - ममता राई

Image
 सपना मनभरी रहरहरूले , भरिएको हुन्छ सपना ताराहरुको संसार झैं, छरिएको हुन्छ सपना ॥ सबै कुरो आफ्नै निम्ति हासिल हुनुपर्छ भन्ने, संसार जित्ने तृष्णाले, खरिएको हुन्छ सपना ॥ चरी झैं उड्न पाए, जून तारालाई छुन पाए, यस्तै यस्तै चाहानामा, दरिएको हुन्छ सपना ॥ कहिले टुटेर गइदिन्छ , कहिले फुटेर गइदिन्छ,  पानीको फोका जस्तै तरिएको हुन्छ सपना ॥ - ममता राई

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)