पर्खाइ - An illusion .....( Part 2)

कति सजिलो छ है कसैलाई माया लगाउन त्यति नै कठिन हुदो रहेछ , कसैलाई बिर्सिन वाचा कसम त बस क्षणिक रहेछ यहाँ थोरै खुसिको लागि पनि अल्झिदो रहेछ जीवन ।। कति सजिलै बदलिए यि परिवेश र पाखाहरु अनि कति सजिलै बदलियौ तिमी र तिम्रा वाचाहरु चटक्कै बिर्सिएर ती सारा वाचा , कसम र यादहरु अचानक कहाँ हरायौ तिमी छोडि आँशुले भरिएका उपहारहरु ।। माया त तिमीले पनि गर्थ्यौ नि प्रिय ? आखिर परीक्षा मेरो मात्र किन ? म पनि त खोला तर्दै थिए , एकलै किनारमा पुग्यौ किन ? पौडि खैल्न आउदैन , थाहा थियो तिमीलाई आखिर किनारमा बाधिँएको डोरी फुकायौ किन ? धेरै वर्ष बितिसकेछ तिम्रै प्रतिक्षामा टोलाइरहन्छु अझै पनि म तिम्रै कल्पनामा जहाँ छौ खुसि हुनु , मुस्कुराईरहनु प्रियतमा बिर्सिए नि तिमीले मलाई तिमी त छौ नि मेरो सम्झनामा सधै रहिरहने छौ मेरो सम्झनामा ।। लेखकः सुनिल महतो अन्य मार्मिक कविताहरू : पर्खाइ भाग - १ प्रियसिलाई पत्र आकाश रोइहेछ माया लाउन छोडिसके