Posts

Showing posts from November, 2023

काल्पनिक माया - An Illusion of Love

Image
कुनै समय उसका ती तस्बीरले भरिने मेरो त्यो एलबम आज उनको एक तस्बीरको लागि तड्पि रहेछ कुनै समय नजिक आउँदा अतासिदै ढुकढुकाउने यो मुटु आज उस्कै याद मेटाउन खोजिरहेछ  दुरी यति बढाएछौ कि तिमीले तिम्रो नाम लेख्दा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछ ।।   समय त्यो पनि थियो  जब उस्को घरको बाटो हिड्दा मुटुको ढड्कन एकास्सी बढ्थ्यो यि नयनले हरपल उसैलाई नै खोज्थ्यो तर समयले यसरी कोल्टे फेरीदियो हामी दुईको बाटो गन्तव्य नपुग्दै सकियो   दोष सायद मेरो पनि थियो होला तिम्रो एक मुस्कानलाई माया सम्झी आफ्नै दिललाई लिलाम गर्न पुगेछु तिमीलाई त बस पलभरको साथ चाहिएको रहेछ मैले त हामी दुइको सुन्दर संसार नै बुन्न थालेछु तिमीले त मलाई यति भ्रम मा उल्झ्याएछौ तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।। तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।।                                                ...

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)