को ठुलो (कथा)
को ठुलो ? एकादेशमा एउटा ठूलो धना जङ्गल थियो। जङ्गलमा धेरै जनावरहरू र चराचुरूङ्गीहरू बस्थे। त्यस जङ्गलमा एउटा हात्ती र एउटा बाँदर अत्यन्त मिलेर बसेका थिए। उनीहरू सँगसँगै खानेकुरा खोज्न जान्थे। जन्म र स्वरूपले अलग भए पनि ती दुबै साह्रै मिलेका थिए। जङ्गलमा मित्रताकाे सुन्दर उदाहरण बनेका उनीहरु सबैका आदर्श थिए। त्यही जङ्गलमा एउटा स्याल पनि बस्थ्याे। त्यसले बाँदर र हात्ती दुबैलार्इ पालै पालो कान फुकेर फाटाे ल्याउने विचार गर्याे । उसले दुबैलार्इ ' उ भन्दा तिमी पाे ठुलो ' भनेर उचाल्ने काम गर्याे। स्यालले बारम्बार आफूलाई ठूलाे भनेका कारण बाँदर र हात्तीमा आफूलाई ठुलो मान्ने अभिमान पलायाे। परिणामस्वरूप एक दिन उनीहरूका बिचमा ' काे ठूलो ? ' भन्ने विषयलाई लिएर वादविवाद चर्कियाे। उनीहरु बिच ठुलाे झगडा भयाे। तर उनीहरूले को ठुलो भन्ने टुङ्गाे लगाउन सकेनन्। आफ्नो झगडा टुङ्गिने अवस्था नदेखिएपछि झगडाको छिनोफानो गरिदिन लाटोकोसेरोलार्इ अनुरोध गर्ने विचार गरेर दुबै लाटोकोसेरो कहाँ गए। लाटोकोसेरोले उनिहरुको कुरा सुनेपछि भन्यो, " तिमीहरु दुबै जना खोलापारी गएर नरिवल टिपेर ल्याअो।"...