पारिजात : जीवनी

पारिजात नेपाली साहित्यको क्षेत्रमा समय समयमा विभिन्न व्यक्तिहरुले जन्म लिएका छन्। ती मध्यका एक हुन् पारिजात । पारिजात पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा ( वास्तविक नाम: विष्णु कुमारी वाइबा ) हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैले रोजेकी थिइन्। उनका असङ्ख्या कृतिहरूले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरेकि थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा उनी...