नेपाली साहित्य : निबन्ध
नेपाली साहित्य
नेपाली समाज विभिन्न रीतिरिवाज, सस्कृति, भाषा, साहित्य, परम्पराले आदि विभिन्न कुराले सम्बृद्ध छ। नेपाली साहित्य र नेपाली समाजका विविध कुराहरु परस्परमा सम्बन्धित छन्। नेपाली साहित्यले समाजको विभिन्न प्रकारका सकारात्मक तथा नकारात्मक दुवै पाटाहरूलार्इ केलाउन काेशिस गरेकाे छ। साहित्यमा दत्तचित्त भएर लागेका विभिन्न अग्रज सष्टाहरुले यस क्षेत्रलाई माथि उकास्नकाे लागि विभिन्न काम गर्नुभएको छ। सिद्धिचरण श्रेष्ठ, ह्रदयचन्द्र सिंह प्रधान, लक्ष्मी प्रसाद देवकोटा, भैरव अर्याल, आदि यसका ज्वलन्त उदाहरण हुन्।
नेपाली साहित्यमा विभिन्न प्रकारका विधाहरू छन्। कथा, कविता, गजल, उपन्यास, निबन्ध, गीत, नाटक, एकाङ्की आदि साहित्यका विभिन्न विधाहरु हुन्। विभिन्न व्यक्तित्वहरुले यस्ता क्षेत्रमा कलम चलाएर नेपाली साहित्यमा ठूलो योगदान दिएका छन्। लेखकहरुका राेचक एवं प्रेरणादायी रचनाका कारण धेरै मानिसहरुले यसप्रति चासो देखाएका छन्।
कुनैपनि सिर्जना त्यतिबेला सार्थक हुन्छ जब त्यो सिर्जनाले समाजको वास्तविक कुरालाई विषयवस्तु बनाएर समाजका मान्छेहरुलार्इ सचेत बनाउछ र दीर्घकालीन विकासकाे लागि सहयोग गर्छ। साहित्यकारदूारा सिर्जित रचनाहरुले समाजमा नकारात्मक असर पार्नुहुदैन्। यसले समाजमा चल्दैआएको विकृतिलार्इ अन्त्य गर्न सहयोग गर्नुपर्छ।
साहित्यिक रचना गर्नु झिनो कुरा हाेइन्। साहित्यिक रचना गर्न आफुमा त्यसप्रति गहिरो लगाभ र समर्पण हुन् आवश्यक छ। आफुले र रचना गरेको कुराले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्छ। लेखन दुर्इ प्रकारले गर्न सकिन्छ। एक भनेकाे सम्पादन गर्दै र अर्काे भनेकाे मनमा जे आउँछ त्यसैलार्इ स्राेतस्सफूत लेखन हाे। सम्पादन गर्दै गरिएकाे लेखले रचनामा वास्तविकता झल्काउन सक्दैन। त्यसता लेखहरुले मनका सत्य र वास्तविक यथार्थहरुलार्इ स्पष्ट रुपमा व्यक्त गर्न असमर्थ हुन्छन्। तर मौलिक रुपमा अथवा सम्पादन नगरि लेखिएको कृतिमा भने वास्तविकता झल्किन्छ। यसमा मानिसकाे यथार्थकाे चित्रण गरिएको हुन्छ। तसर्थ सिर्जनाहरुले समाजकाे वास्तविकताको चित्रण गर्न सक्नुपर्दछ। साथै यसले मानिसलाई सकारात्मक प्रभाव पार्नसक्नुपर्छ।
अहिलेको अवस्थालार्इ निहाल्ने हाे भने साहित्य क्षेत्रमा थुप्रै विकृतिहरु देखिन्छ। मानिसले यस क्षेत्रलार्इ पैसा कमाउने भाडाेका रुपमा यसकाे प्रयोग गरिएकाे पाइन्छ। मान्छेकाे पैसामूखि प्रवृतिले गर्दा नेपाली साहित्यकाे स्थर तल खस्किएको छ। नेपाली साहित्यमा मौलिकता भन्दापनि अरुको कृतिका अंशहरुलार्इ सम्पादन गरि देखावटी रुपमा आफ्नो प्रतिभा देखाउने थुप्रै मानिसहरु छन्। तर यसो भन्दैमा साच्चिकै साहित्यलार्इ माया गर्ने मानिसहरुको भने कमि छैन्। विभिन्न मानिसहरुले यस क्षेत्रलार्इ माथि उकास्न धेरै ठूलो योगदान दिएका छन्।
नेपाली साहित्यको इतिहास दशक लामो छ। यसले नेपाली समाजको समकालिन परिवेसलार्इ प्रस्तुत गरेको छ। यसले नेपाली समाजको उतारचढावलार्इ समेटेको छ। अझ भन्नुपर्दा यसले आम नेपालीको जीवनलार्इ जस्ताको त्यस्तै प्रस्तुत गरेको छ। तसर्थ नेपाली साहित्यको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरुको कर्तव्य हो। साहित्यको क्षेत्रलार्इ साच्चिकै माया गर्ने व्यक्तिहरु र विभिन्न सष्टाहरुको सम्मान र प्रोत्साहन गर्नु हरेक नेपालीको दायित्व हो।
- सुनिल महतो
https://123deepa.blogspot.com/?m=1
ReplyDelete