झमक घिमिरे (जीवनी)

 झमक घिमिरे 

मानिसमा साहास र हिम्मत भयाे भने उसले जस्तोसुकै कठिन कार्य पनि सहज ढंगले सम्पन्न गर्न सक्छ। शारिरिक रुपमा कमजाेर देखियता पनि मानसिक हिसाबले अत्यन्त शक्तिशाली देखिन्छन। यस्ता व्यक्तिहरुले समाजमा उल्लेखनिय काम गरेर संसारमा अाफूलाई चिनाउन सफल भएका हुन्छन्। ति मध्येका एक हुन् झमक घिमिरे।

झमक घिमिरे
झमक घिमिरे


झमक घिमिरेकाे जन्म बुबा कृष्णप्रसाद धिमिरे र अामा अाशादेवी धिमिरेका जेठाे सन्तानका रुपमा वि.सं. २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिडे भन्ने ठाउँमा भएको थियो। उनि जन्मिदा देखिनेै शारिरिक रुपमा अशक्त थिइन्। उनका हातगाेडा चल्दैनथे। उनकाे बाेलि पनि फुट्न सकेकाे थिएन। उनी जन्मजात मस्तिष्क पक्षद्यातकाे रागले पीडित थिइन्‌।  

बाल्यकालमा झमकको विशेष रेखदेख र स्याहारसुसार उनकी हजुरअामाबाट भएकाे थियाे। हजुरअामाले उनलाई अत्यन्त दु:खका साथ हुर्काउने काम गरिन्। हजुरअामाकाे निधन भएपछि झमकलाई उनकी अामाले बडो सिनेमामा साथ लालनपालन गर्ने काम गरिन्। झमक अपाङ्ग भएतापनि अाफैँ केहि गरेर संसारमा बाँच्न चाहन्थिन्। उनी शारिरिक रुपमा कमजाेर भएता पनि मानसिक रुपमा भने सबल बन्दै गइन्। उनकी बहिनीकाे जन्म भएपछि उनलाई विद्यालयमा भर्ना गरियाे। उनी विद्यालय अाउनजान थालिन्। अाफ्नी बहिनी विद्यालय अाउनजान थालेकाे देखेर झमकलाई पनि विद्यालय जान मन लाग्थ्याे तर शारीरिक अशक्ताका कारण उनी विद्यालय जान सक्तैनथिन्।

बुबाले बहिनीलार्इ क,ख सिकाउँदा झमक तिनकाे छेउमा बसेर सुनिरहनन्थिन्। " जहाँ इच्छा त्यहाँ उपाय " भने झैँ उनि एकान्तमा गएर दिनदिनै शीत परेकाे ढुङ्गामाथी बायाँ गाेडाकाे अौँलाले अक्षर लेख्ने प्रयास गर्थिन्। ढुङ्गाकाे शीतमा उनले पहिलाे पटक 'क' लेखिन्। बिस्तारै उनले सावाँ अक्षर लेख्न थालिन्। उनले मानिस तथा पशुपन्छीको राम्राराम्रा चित्रहरु माटाेमा नै बनाउन थालिन्। उनले बनाएकाे चित्रलाई सबैले कुल्चेर हिँडे तर उनके चाहाना कसैले पनि बुझेनन्। उनकाे मुखबाट अाबाज जनाएपनि मन चाहिँ बाेलि्हन्थाे।

झमकी बहिनीले उनलाई कसैले नदेख्ने गरी कापी कलम दिन थालिन् जसबाट उनले जीवनमा धेरै ठूलो प्रेरणा पाइन्। उनले अाफुलाई शब्द र वाक्यमा व्यक्त गर्न थालिन्। उनकाे अात्मबल ‌र अात्मविस्वासले र नियमित अभ्यासले गर्दा गाेडाले कलम च्यापेर मनमा लागेका कुरा लेख्न सक्ने भइन्। उनकाे बाेली र हातखुट्टा नचलेता पनि गाेडाले लेख्न थालेकाे भन्ने समाचार चारैतिर फैलियाे। पत्रपत्रिकाहरुले पनि उनकाे बारेमा लेख्न थाले। बिस्तारै बिस्तारै उनले अाफ्ना मनका वेदनालाई कविता, कथा अादिकाे रुपमा व्यक्त गर्न थालिन्। 

यसै क्रममा कान्तिपुर पत्रिकाले झमकलाई हप्तामा एउटा लेख प्रकाशन गर्ने अवसर दियाे। रचनाहरू हप्तैपिच्छे कान्तिपुरमा प्रकाशित हुनथाले पछि उनकाे प्रसिद्धि बढ्दै गयाे। उनलाई अावश्यक पर्ने कापी कलम किन्न कसैकाे भर पर्नु परेन। उनकाे नियमित अभ्यास, अध्ययन र मिहिनेतका कारणले उनकाे लेखन क्षमतामा पनि वृद्धि हुँदै गयो। उनलाई धेरै मानिसहरूले चिन्न थाले।

झमकले नेपाली साहित्यको क्षेत्रका कथा, कविता तथा निबन्ध जस्ता विभिन्न विधाहरुमा कलम चलाएकी छिन्। उनका कथा तथा निबन्धका विभिन्न पुस्तकहरु प्रकाशित भएका छन्। उनले लेखेकाे " जीवन काडाँ कि फुल " नामक किताबले नेपाली साहित्यकै सबै भन्दा ठूलो मानिने ' मदन पुरस्कार ' पनि पाएको  छ। यसका साथै उनलाई धेरै पुरस्कार तथा सम्मानहरुले पनि सम्मानित गरिएको छ। उनलाई सरकारी तथा निजी क्षेत्रहरुबाट पनि सम्मान गरिएको छ।

झमक घिमिरे सम्पुर्ण मानिसहरुका निम्ति एउटा प्रेरणाकाे स्रोत हुन। जीवनमा केही गर्न सकिँदैन भनेर हरेस खानेहरुका निम्ति उनी मिहिनेत र लगनशीलता भयाे भने जे पनि गर्न सकिन्छ भन्ने कुराकाे दृष्टान्त बनेकी छिन्। शारीरिक रुपले कमजाेर देखियता पनि दृढ अठोट र अात्मविश्वासका कारण अाज उनी सबैकाे प्रेरणाकाे स्रोत बनेकी छिन्।

Comments

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)