शिक्षा : कविता (सुनिल महत्तो)
शिक्षा
शिक्षा त्यो चिज हो जसले ढुङ्गालाई पगाल्छमानवलाई उज्यालो तिर शिक्षाले नै दोहोय्राउछ
शिक्षा हो ज्ञानको भण्डार यो हो सत्यको खानी
शिक्षाको मार्गमा हिड्नु बन्न सक्छौ तिमी ज्ञानी।
कर्तव्यको पथमा हिड्न शिक्षाले नै सिकाउँछ
आफू मरे पनि शिक्षाले नै जीवन दान दिने छ
फैलाउछ शिक्षा मानवमा सत्य अहिंसा र प्रेम
बनाउँछ ज्ञानी मानिसलाई बढाउँछ उसको मान।
शिक्षा हो दिनको घाम रातको चन्द्रमा पनि
छर्दछ प्रकाश ज्ञानको सिकाउँछ बन्न महात्मा नी
बनाउँछ शिक्षाले मानवलाई ज्ञानी र भलाद्मी
सिकाउँछ यसले मानवलाई : नबन्नु कहिल्यै घमण्डी।
प्रकृतीबाट मानवले पाए अनेक शिक्षा
त्यै शिक्षालाई पछ्याउदै आज बने उ बुद्ध
शिक्षा बिना एकपल पनि चल्न सक्दैन यो भूमि
शिक्षा नै हो जन्मथलो यहि नै हो कर्मभूमि।
शिक्षा हिन भए मानिस हुदैन उसको विकाश
पर्छ पछि उ सधैँ जीवनको हुन्छ सत्यानाश
सक्दैन गर्न काम उस्ले, कठिन परिस्थिति आउँछ जहिले
पर्खेन समयले उसलाई, किन लिएन शिक्षा पहिले ?
त्यै भएर हे मानव रोज मार्ग शिक्षाको
यो भन्दा अरू केहि ठूलो छैन यो हो अमूल्य धन व्यक्तिको।।।
लेखक : सुनिल महत्तो
अन्य मार्मिक कृतिहरुः
Good
ReplyDelete