तिम्रो मायामा .....!! (गजल)
तिम्रो मायामा .....!!
आज खोला नाला पनि सुन्य देख्छु
सधै झुल्ने ती धानका वालाहरु पनि आज मौन देख्छु
समयपनि खै किन हो आज रोके झै लाग्छ
सधैँ खुशी हुने मेरो मन आज अशान्त झै भाछ ॥
चोट लागि घायल भएको भए, सायद निको हुनेथ्यो यो घाउ
तर चोट त मेरो मुटुमा लाग्यो, यसको ओखती खै कहाँ पाऊ
सोचेको थिए मायामा संसार जितुला भनि
तर भ्रममा परेको रैछु म त, खोसियो त्यै सानो परिवेश पनि ॥
सुन्दर फुलबारीका अनेकौ फुलहरु मध्ये तिमी त सुन्दर गुलाव हौँ
म त केवल तिम्रै वरिपरि उम्रिएको जङ्गली झार हुँ
त्यसैले त होला, तिमी त महलमा सजिन्छौँ
म भने सधैँ कुनामा बसि तिमीलाई मात्र सम्झिन्छु ॥
चोखो मेरो मायाको सामु तिम्रो धन ठुलो हुनपुग्यो
साचो मायाले लेखेको पत्र तिम्रो लागि सादा कागज भयो
सँगै खाएका ती वाचा कसम, आज केवल मिठा यादमा सिमित छन्
सधै तिम्रो आेठमा मुस्कान चाहान्थे, आज आफ्नै हाँसो कतै हराएका छन् ॥
दोष तिमीलाई दिन चाहान्न, समय नै दुश्मन भएपछि
के नै लाग्छ र कसैको यहाँ जब आफ्नाले नेै पराई ठानेपछि
सधै खुशि रहनु प्रिय, मुस्कान हट्न नदिनु ओठमा
तिमीले छाडि गएपनि, म छु सधै तिम्रो साथमा
तिमीले छाडि गएपनि, म छु सधै तिम्रो साथमा ॥
लेखक : सुनिल महतो
अन्य मार्मिक कृतिहरुः
अति नै राम्रो कृति...
ReplyDelete